तनहुँ सर्म्पर्क समाज पोखरामा पदस्थापन

समाज

kaski-district-in-nepal-map

पोखरा भदौ। तनहुँ सर्म्पर्क समाज पोखराको नवनिर्वाचित कार्यसमितिको पदस्थापन भएको छ। गत साता निर्वाचित कार्यसमितिलाई शनिबार आयोजित एक कार्यक्रमबीच पदस्थापन गरिएको हो।

निवर्तमान अध्यक्ष इश्वरप्रसाद सुवेदीले नवनिर्वाचित अध्यक्ष शिवराज पौडेललाई निर्णय किताब हस्तान्तरण गरी पदस्थापित गरे। नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यलाई निर्वाचन समिति संयोजक श्रीकान्त शर्मा खतिवडाले प्रमाणपत्र वितरण गरेका थिए। नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक खतिवडा, सदस्यहरू हरि खनाल र हर्क गुरुङलगायतले बधाइ पनि दिए।

समाजले दीपक तिमिल्सिना र पत्रकार सुरेन्द्र पौडेललाई सदस्यमा मनोनित गरेको छ। अधिवेशनबाट अध्यक्षमा शिवराज पौडेल, वरिष्ठ उपाध्यक्षमा अम्बिकाप्रसाद भट्टराई, उपाध्यक्षमा भरत केसी, महासचिवमा भुवन पराजुली काफ्ले, सचिवमा महेशकुमार सिग्देल, कोषाध्यक्षमा श्रीप्रसाद भट्टराई, सदस्यमा इन्दिरा काफ्ले, चन्द्रावती वाग्ले, जसबहादुर गुरुङ, जगन्नाथ गौतम, सन्तोष खनाल, शान्तकुमार श्रेष्ठ, केशवराज अधिकारी र दुर्गाचन्द्र अर्याल सर्वसम्मत निर्वाचित भएका थिए।

यसैबीच, समाजले आयोजनामा तीजको शुभकामना आदानप्रदान तथा तनहुँ चेलीबेटीलाई दर खुवाउने कार्यक्रम पनि गरेको छ। तनहुँबाट पोखरामा आएर स्थायी तथा अस्थायी बसोबास गरी बसेका महिला दिदीबहिनीबीच आत्मीयता तथा सद्भाव बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजका महासचिव तथा कार्यक्रम संयोजक भुवन पराजुली काफ्लेले जानकारी दिइन्।

कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा नृत्य प्रतियोगिता आयोजना भएका थिए। नृत्यमा उत्कृष्ट हुने तथा विभिन्न खेलहरूमा पुरस्कृत समाजका उपाध्यक्ष भरत केसी, सदस्य जसबहादुर गुरुङ, दीपक तिमिल्सिना, शालिकराम वाग्लेले पुरस्कार प्रायोजन गरेका थिए भने समाजका सदस्य दुर्गाचन्द्र अर्याल र सल्लाहकार बुद्धिबहादुर गहतराजले कार्यक्रमका लागि पाँच/पाँच हजार कार्यक्रमलाई सहयोग गरेका थिए।

कार्यक्रममा समाजका अध्यक्ष शिवराज पौडेलले सहयोगीलाई धन्यवाद दिँदै समाजका यस्ता गविविधिले महिलाबीच मात्र नभई सम्पूण्ा जन्मभूम्रि्रति आस्थावानमा सामीप्यता र माया प्रगाढ बढाउँदै लैजाने विश्वास व्यक्त गरेका थिए। स्वागत वरिष्ठ उपाध्यक्ष अम्बिकाप्रसाद भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन महेशकुमार सिग्देल गरेका थिए।