निर्माण व्यवसायी संघमा शुभकामना आदानप्रदान

समाज

kaski-district-in-nepal-map

पोखरा, भदौ। तीजको अवसरमा नेपाल निर्माण व्यवसायी संघ कास्कीले शनिबार शुभकामना आदानप्रदान गरेको छ। प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार शिवशंकर गौचनले कार्यक्रमबाट व्यवसायीबीच आपसी परिचय तथा आत्मीयता विकास हुने बताए।

संघका अध्यक्ष बासुदेव गौचनको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय निर्माण व्यवसायी संघका अध्यक्ष ओमप्रसाद गौचन, संघ कास्कीका पूर्व अध्यक्ष तथा सल्लाहकार चिरञ्जीवी पोखरेल, राजेन्द्र पहारीलगायतले शुभकामना दिए।

कार्यक्रममा स्वागत संघका वरिष्ठ उपाध्यक्ष सुरेश श्रेष्ठ तथा सञ्चालन सचिव हरिप्रसाद लम्सालले गरेका थिए। कार्यक्रममा निर्माण व्यवसायीका परिवारजनसहित करिब दुर्इ ५० जनाको सहभागिता रहेको संघका कार्यालय प्रमुख डम्बरराज ढकालले बताए।