लेखनाथ स्कूल टोल बिकास संस्थाको १५ औ साधारण सभा सम्पन्न

समाज

भाद्र १२, लेखनाथ। लेखनाथ १३ स्थित गगनगौडा स्कुल टोलमा रहेको स्कूल टोल बिकास संस्थाको १५ औ साधारण सभा एवं ७ औ अधिवेशन टोल विकास संस्थाका अध्यक्ष श्री राजु के सीको अध्यक्षतामा गगनगौडाको गणेश नेवा खलको भवनमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि लाईन्स क्लब अफ लेखनाथ का अध्यक्ष श्री सूर्य नारायण बराल एवं उपाध्यक्ष श्री बुद्धि बास्तोला रहनु भयेको थियो । सो कार्यक्रममा टोल बिकास समितिका सल्लाहाकार कृष्ण अधिकारी , गोगनका प्र अ डम्मर प्रसाद पौडेल , ज्ञानज्योतिका प्रिन्सिपल अर्जुन अधिकारी , बृद्दाश्रमका अध्यक्ष प्रेम लिगल , लेखा समितिको बिष्णु प्रसाद खनाल लगायतले मन्तब्य राख्नु भएको थियो । साथै सो अधिवेशनले सर्वसम्मत रुपमा आगामी 2 बर्षका लागि तिलक सुनारको अध्यक्षतामा ९ सदस्यीय गठन गरेको छ ।

सो समितिको उपाध्यक्ष बिजयबाबु पौडेल, कोषाध्यक्ष बसुन्धरा पाठक, सचिबमा शारदा खत्री, सह सचिबमा कमला खत्री, सह कोषाध्यक्षमा लालमाया थापा सदस्यहरुमा शान्ता राना, शोभा के सी, बिना कोईराला रहनु भएको छ। सो समिती गठन सहजिकरणको लागि बिष्णु खनाल, लक्ष्मण श्रेष्ठ एवं सम्मर बहादुर बस्नेतले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन मोहन थापाले गर्नु भएको थियो ।

Post Comment