पोखरा उद्योग बाणिज्य संघमा २५ सदस्यीय कार्यसमितिको लागि ५३ को उमेदवारी

समाज

पोखरेली उद्योगी ब्यवसायीको छाता संस्था पोखरा उद्योग बाणिज्य संघको २५ सदस्यीय कार्यसमितिको लागि ५३ जनाले उमेदवारी दर्ता गराएका छन् ।

सोमवार मimageनोनयन पत्र लिने सबैले मंगलवार उमेदवारी दर्ता गराएका हुन् । अध्यक्षको लागि ६ जना प्रतिस्पर्धामा उत्रिएका छन् । वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष देव क्षेत्री सहित विश्वशंकर पालिखे, हिरा भट्टराई, ईश्वर कर्माचार्य, नारायण कोईराला र धनिराम बरालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराए ।

त्यस्तै एक जना बरिष्ठ उपाध्यक्षको लागि दुई जनाले उमेदवारी दिएका छन् । वर्तमान कार्यसमितिका द्धितिय उपाध्यक्ष मिनराज काफ्ले र महासचिव रविन्द्र बहादुर प्रजु बरिष्ठ उपाध्यक्षको लागि भिड्ने भएका हुन् ।

महासचिवमा कांग्रेस कास्कीको कोषाध्यक्ष समेत रहेकी लक्ष्मी पाण्डे र दामु अधिकारीविच प्रतिश्पर्धा हुने भएको छ । उद्योग तर्फको उपाध्यक्षको लागि सीता गुरुङ र गोकर्ण कार्की प्रतिश्पर्धामा उत्रिएका छन् ।

त्यस्तै बाणिज्य तर्फको उपाध्यक्षमा विन्दु कोईराला सुवेदी, केदारनाथ भट्टराई र सुरेश अधिकारी प्रतिश्पर्धी बनेका छन् ।
कोषाध्यक्षमा पनि दुई जनाले उमेदवारी दिएका छन् ।

जनकराज पराजुली र पवन कुमार प्रजापती कोषाध्यक्ष पदको लागि चुनावी प्रतिश्पर्धामा उत्रिएका हुन् । उपमहासचिवमा तीन जनाले उमेदवारी दिने भएका छन् । अर्जुन पोखरेल , नविन बराल र धर्मराज अर्याल प्रतिश्पर्धीको रुपमा अघि सरेका छन् ।

दुई जना कर्पोरेट सदस्यमा भने दुई वटा मात्रै उमेदवारी दर्ता भएपछि निर्विरोध भएको छ । कर्पोरेट सदस्यमा नरेन्द्र वास्तोला र कमल वहादुर वस्नेत निर्विरोध भएका हुन् । उद्योग तर्फको एक सदस्यको लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । औद्योगिक सदस्यमा मोहनवावु खड्का र हिरामणी पण्डित प्रतिश्पर्धी बनेका छन् ।

खुल्ला १० सदस्य पदमा २१ जनाले उमेदवारी दिएका छन् । खुल्ला सदस्यको लागि ६ महिला सहित २१ जना चुनावी मैदानमा उत्रिएका हुन् ।

चीनु गुरुङ, सीता बराल, गीता तिवारी , कुमारी मुना वास्तोला, गोमा ढकाल, पवित्रा देवि गुरुङ, हिमालय बख्रेल, बलराम आचार्य, यदुनाथ अधिकारी , प्रेम प्रसाद पौडेल, देव कृष्ण काफ्ले, किसान सुनार, प्रेम वहादुर भूजेल, सुरेन्द्रमान बिजुक्छे, महेश्वर पोखरेल, अनील सिग्देल, कृष्ण रानाभाट, नवराज त्रिपाठी, गिरीधारी शर्मा, अर्जुन खनाल र हरिराज पन्तले खुल्ला सदस्य पदको मनोनयन पत्र लिएका छन् ।

चार बस्तुगत सदस्यको लागि ८ जनाले उमेदवारी दिएका छन् । नारायण प्रसाद पौडेल , गिरीधारी अधिकारी, डिवी भूजेल , यामनाथ पौडेल , तारानाथ ढुङ्गाना, केपी शर्मा, यमनाथ तिमल्सिना र माधव प्रसाद पौडेलले बस्तुगत सदस्यमा प्रतिश्पर्धा गर्ने भएका छन् ।

दर्ता गरिएको उमेदवारी उपर दावी बिरोधको लागि बुधवार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्मको समय तोकिएको निर्वाचन समितिले जनाएको छ ।

उमेदवारी उपरको दावी बिरोधको छानबिन पनि सोही दिन सम्पन्न गरी अपरान्ह ५ बजे उमेदवारको नामावली सार्वजनिक हुनेछ । विहिवार बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने सोही दिन ५ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

भदौ २५ गते उम्मेदवारको परिचय कार्यक्रम सम्पन्न भएपछि भदौ ३१ गते ३१ औँ महाधिवेशन सुरु हुनेछ । नयाँ कार्यसमितिको लागि मतदान असोज १ गते बिहान ८ बजेबाट अपरान्ह ४ बजेसम्म हुनेछ ।

संघको विधान २०६५ को पहिलो संशोधन २०७२ का अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष (उद्योग), उपाध्यक्ष (वाणिज्य ), महासचिव, कोषाध्यक्ष, उपमहासचिव सहितको २५ सदस्यीय कार्यसमिति निर्वा्चित हुनेछन् ।

कार्यसमिति सदस्यको हकमा साधारण सदस्यहरुले साधारणतर्फबाट १० जना, कर्पोरेट सदस्यहरुको हकमा २ जना , बस्तुगत संघहरुबाट ४ जना र औद्योगिक सदस्यमध्येबाट १ जना निर्वाचित हुने ब्यवस्था छ । विधानले अध्यक्षलाई ४ जना सदस्य मनोनित गर्ने अधिकार प्रत्याभूत गरेकोले संघको कार्यसमिति भने २९ सदस्यीय हुनेछ ।