डेनभर, कोलोराड । संखुवा सभा समाज अमेरिकाका अध्यक्ष शान्ति श्रेष्ठलाई मातृ शोक परेको छ ।

स्वर्गीय श्रेष्ठ संखुवा सभाका बरिष्ठ राजनीतिकर्मी तथा समाजसेवी स्व.सूर्यबहादुर श्रेष्ठकी धर्मपत्नी हुनुहुन्छ । संखुवा सभाको खाँदबारीमा जन्मनुभएकी स्व.श्रेष्ठ पछिल्ला बर्षहरुमा छोरी तथा छोराहरुको सेवा र संरक्षणमा अमेरिकाको कोलोराडोमा बस्दै आउनु भएको थियो ।
उहाँ संखुवा सभा समाज अमेरिकाका संरक्षक नारायण श्रेष्ठ तथा सल्लाहकार धर्मराज श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ बोर्ड सदस्य डिएन श्रेष्ठकी आमा हुनुहुन्छ ।
स्व.श्रेष्ठका ७ छोरा १ छोरी हुनु हुन्छ | अध्यक्ष श्रेष्ठ आमाको काजक्रिया सकेर काममा नफर्किएसम्म समाजको कार्यबाहक अध्यक्षता बरिष्ठ उपाध्यक्ष पवन बारकोटी खनालले गर्नुहुने महासचिब हरिकुमार श्रेष्ठले जानकारी दिनु भयो ।