प्रहरी कन्ट्रोलको १०० नम्बरमा जथाभावि कल गर्नेलाई कारवाही हुने

समाज

प्रहरी कन्ट्रोलको १०० नम्बरमा जथाभावि आउने ब्लक कलले प्रहरीलाई हैरान बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १०० नम्बरमा फोन गरेर कहिले गतल सुचना दिने, गालि गलौच गर्ने, अश्लिल कुराहरु गर्न खोज्ने जस्ता हर्कत गर्न थाले पछि ब्लक कल गर्नेहरुको लिष्ट तयार गरि प्रहरीले कारवाही अगाडी बढाएको जनाएको छ । प्रहरीको उक्त नम्बरमा ब्लक कल गर्नेहरु मध्ये अहिले सम्म २५ जनाको लिष्ट तयार गरि खोजी कार्य भैरहेको प्रहरी निरिक्षक रण बहादुर चन्दले जानकारी दिनु भयो ।

अहिलेसम्म ब्लक गर्ने ३ जना महिलाहरुलाई कागज बनाएर सम्झाई बुझाई छोडी सकेका छौँ उहाँले भन्नु भयो “बढी जसो ब्लक कल गर्ने महिलाहरु रहेका छन ।” त्यस्ता कार्य गर्ने जो कोही लाई पनि पहिलो चोटी सम्झाई बुझाई गर्ने र यस्तै हरकत दोहोरिए कारवाही गरिने उहाँले जानकारी दिनुभएको छ ।

Post Comment