रेन्बो चिल्ड्रेन होम नेपालको ८औ साधारणसभा तथा चौथो अधिबेशन सम्पन्न (फोटो फिचर )

समाज

रेन्बो चिल्ड्रेन होम नेपालको ८ औ साधारणसभा तथा चौथो अधिबेशन प्रमुख अतिथि कास्कीका स्थानिय विकास अधिकारी दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा  सम्पन्न भयो  साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै कास्कीका स्थानिय विकास अधिकारी दामोदर भण्डारीले बालवालिका भोली देशका कर्णधार भएकाले उनीहरुको संरक्षणमा सबै क्षेत्र गम्भिर हुनुपर्ने बताए । विशेषगरी घरपरिवारबाट टाढिएका बालवालिकाको संरक्षणमा बाल गृहहरुले खेलेको भूमिका प्रशंसनिय रहेको बताउनु भयो  ।

पोखरा उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत दुर्गा न्यौपानेले घरपरिवारबाट टाढिएका वालवालिकाको लागि वालगृहले संरक्षणको अभियानमा महत्वपूर्ण भूमिका खेलेकाले नगरपालिका सडक वालवालिकाको क्षेत्रमा सहयोग गर्न सधै तयार रहेको बताउनु भयो ।

raindow-pokhara-10001

विजय प्रधान, समाजसेवि गणेश बहादुर ढकाल, केन्द्रीय वालअधिकार श्रोत व्यक्ति वद्री वाग्ले, गैसस महासंघ कास्कीका उपाध्यक्ष पदमराज पहारी, वालगृह संजाल कास्कीका अध्यक्ष डा । राजेन्द्र गौतम, नेपाल पर्यटन वोर्डका पुर्व सदस्य अग्नी कणेंल, पोखरा पर्यटन परिषदका महासचिव रामु गौतम, पोखरा उपमहानगरपालीका कार्यालयका सामाजिक विकास प्रमुख दुर्गा न्यौपाने, जिल्ला प्रहरी कार्यालय कास्कीका महिला तथा वालवालीका सेलबाट गिता रानाभाट, होमका उपाध्यक्ष दुगा केसी, सचिव इन्दिरा लामिछाने लगायतले रेन्वो चिल्ड्रेन होमले गरेको कार्य तथा वालगृहको भूमिका र यसले गरेका सामाजिक कार्यबारे बारेमा बोल्नु भयको थियो।

पोखरामा रहेको रेन्बो चिल्ड्रेन होम नेपालको अध्यक्षमा पुन: राजेन्द्र थापा चयन भएका छन् । संस्थाको शुक्रवार सम्पन्न आठौ साधारणसभा तथा चौथो अधिवेशनले थापालाई दोस्रो कार्यकालको लागि निर्विरोध चयन गरेको हो ।

रेन्बो चिल्ड्रेन होम नेपालको नवगठित कार्यसमितिको उपाध्यक्षमा दुर्गा केसी, सचिवमा इन्दिरा लामिछाने कंडेल, कोषाध्यक्षमा उर्मिला पौडेल लामिछाने चयन भएका छन् । त्यस्तै सदस्यमा जीत वहादुर थापा, टुल्की भण्डारी, देवी प्रसाद कंडेल, कमल खनाल र यम कुमारी गुरुङ चयन भएका छन् ।

यो बालगृह २०६५ साल देखि संचालनमा आइरहेको कुरा बालगृहका संचालक श्रीमती गोमा ढकालले जानकारी दिनु भयो ।

raindow-pokhara-10002

raindow-pokhara-10003

raindow-pokhara-10004

raindow-pokhara-10005

raindow-pokhara-10006

raindow-pokhara-10007

raindow-pokhara-10008

raindow-pokhara-10020

raindow-pokhara-10009

raindow-pokhara-10010

raindow-pokhara-10011

raindow-pokhara-10012

raindow-pokhara-10013

raindow-pokhara-10014

raindow-pokhara-10015

raindow-pokhara-10016

raindow-pokhara-10017

raindow-pokhara-10018

raindow-pokhara-10019

 

Post Comment