गरिबी निवारण मन्त्री भन्छन् :- कर्णालीका जनतालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजना छ

समाज

कालीकोट, ९ कात्तिक । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले दुर्गम क्षेत्रमा पछि परेका समुदायलाई गरिबी न्यूनीकरण गर्न आत्मनिर्भर हुने कार्यक्रम अघि सारिएको बताउनुभएको छ ।
नेपाली काँग्रेस कालीकोटले आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै मन्त्री थानीले कर्णालीका जनतालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजना बनाएको बताउँदै खाद्यान्न भन्दा पनि उत्पादनमुखी कार्यक्रम अहिलेको आवश्यकत्ता भएको धारणा राख्नु भयो ।
मन्त्री थानीले कर्णालीमा स्थानीय उत्पादन वृद्धि गर्ने कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो ।
अर्काे प्रशङ्गमा उहाँले सरकारले संसद्, प्रदेश र स्थानीय निकायको निर्वाचनका लागि सबै प्रक्रिया पूरा गरेको बताउनुभयो ।

Post Comment