कोलोराडोमा दीपावलीको अवसरमा लक्ष्मी पुजा तथा सांगीतिक कार्यक्रम सम्पन्न

समाज

नेपालीहरूको महान् चाड विजया दशमी तथा शुभ दीपावलीको अवसरमा कोलोराडोमा रहेको श्री लक्ष्मीनारायण सेवा समितिले आज आइतबार लक्ष्मी पुजाको दिन लक्ष्मी माताको पुजा गर्दै संस्कृतीक अनि सांगीतिक कार्यक्रम आयोजना गरी विभिन्न नेपाली भाषी भूटानी कलाकारहरूको प्रस्तुती सँग सँगै शुभकामना आदान प्रदान गरेका छन् ।

कार्यक्रममा  देउसी- भैलो खेल्दै, कबिता बाचन गर्दै अनि आफ्नो गीत प्रस्तुत गर्दै दर्शकहरुलाई कलाकारहरुले आ–आफ्नो कला प्रस्तुत गरी मनोरञ्जन दिएका थिए । कार्यक्रम प्रस्तोता केदार खतिवडाले दर्शकलाई तोकिएको समयमा कार्यक्रम सुरु गरेर भरपुर् आनन्द दिलाएका थिए । नेपालीको महान चाड शुभ दिपावलीलाई विदेशमा रहेता पनि केहि संस्थाले विभिन्न कार्यक्रम आयोजना गरि नेपालकै याद दिलाई दिन्छन । त्यस्तै याद दिलाउन सफल भयो आयोजक श्री लक्ष्मीनारायण सेवा समितिले ।

कार्यक्रममा नेपाली गीतमा संस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो भने महिला र पुरुषको टिमबाट देउसी- भैलो कार्यक्रम समेत खेलिएको थियो । कार्यक्रममा नेपाली मूलका गीतकार हरि उप्रेतीले आफ्नो आउन लागेको एल्बमको गीतको शब्द प्रस्तुत गरेका थिए ।

Post Comment