पुस १३ देखि १७ गते सम्म लेकसाइडमा सडक महोत्सव,संयोजकमा गोपीबहादुर भट्टराई

समाज

१९,पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षका अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको पोखरा सडक महोत्सवको १८ औं संस्करणका लागि गोपीबहादुर भट्टराईलाई संयोजकमा चयन गरेको छ । रेवान पोखराको शुक्रबार बसेको बैठकले रेवान पोखराका निवर्तमान अध्यक्ष समेत रहेका भट्टराईलाई संयोजकमा चयन गरेको हो । भट्टराई स्पोर्ट बार र प्याराडाइज रेष्टुरेण्टका संचालक हुन् । त्यसैगरि समितिका उपाध्यक्षद्वय भिमसेन भुजेल र लक्ष्मण बराललाई सह–संयोजकमा चयन गरिएको छ । भुजेल क्विन फरेष्ट रेष्ट्रो एण्ड बारका सञ्चालक हुन बरालले वि ह्याप्पी रेष्टुरेण्ट सञ्चालन गरेका छन् ।

बैठकले आल्मोण्ड क्याफेका सञ्चालक लोक गुरुङ्ग र द हार्वर रेष्टुरेष्ट एण्ड फाउण्टेन क्याफेका सञ्चालक राजेन्द्र ढकाललाई कार्यसमितिको सदस्यमा मनोनयन गरेको छ । त्यस्तै, मामा मिया रेष्टुरेण्टका प्रतिमा भुजेल र जाविष्टा क्याफेका बिकाश भट्टराईलाई आमन्त्रित सदस्यमा मनोनय ग¥यो । रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्गको अध्यक्षतामा भएको बैठक महासचिव विश्वराज पौडेलले सञ्चालन गरेको थिए ।

आउँदो पुष १३ देखि १७ गते सम्म लेकसाइडको झण्डै साढे तीन किलोमिटर क्षेत्रमा सञ्चालन हुने यसपटकको सडक महोत्सव अघिल्लो संस्करण भन्दा भव्य र सभ्य हुने रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्गले बताए । ‘गतवर्ष भारतको अघोषित नाकाबन्दिका कारण महोत्सव सञ्चालन गर्न हामीलाई केहि कठिन भएको थियो, तर यसपटक केहि सहज पनि होला भन्ने हाम्रो अपेक्षा छ’–उनले भने ।

Post Comment