दारी ग्याङ पोखराको फेवाताल किनारमा भेला (फोटो फिचर)

समाज

img_0368

img_1286
२७ पोखरा, आज पोखराको फेवाताल किनारामा “गालामा दारी काधमा जिम्मेवारी” भन्ने नाराका साथ उदय भयको दारी प्रेमीहरुको समुह “दारी ग्याङ”ले दारी प्रेमीहरुको नियमित भेला गरी सामाजिक विसंगति र बिकृति बिरुद्ध बहस गर्नुको साथै आफ्ना भाबी कार्यक्रमहरुको प्रस्ताब र निर्णयहरु गरे /
img_1289

img_1293

img_1304
बिगतमा दारी ग्याङको आयोजनामा खुला रक्तदान कार्यक्रम, ट्राफिक नियम बारे जनचेतना जगाउने कार्यक्रम, दशैं पर्बको अबसरमा बिपन्न तथा असाहय वर्गलाइ खाना खुवाउने कार्यक्रम, मृगौला रोगी दिपक पहारीलाइ आर्थीक सहयोग जुटाउने जस्ता सामाजिक कार्य गरिसकेको जानकारी दारी ग्याङ पोखराका शेखर गौतमले बताउनु भयो / त्यसैगरी हाल सामुदायिक बिद्यालयहरुमा चक र डस्टरको प्रयोग भईरहेको स्कुलमा ह्वाइट बोर्ड वितरण गर्ने कार्यलाइ निरन्तरता दिने कुरा बताउनु भयो /
img_1305

img_1316
अभिमन्यु पाण्डेले कुरामा भन्दा काममा र प्रस्ताबहरु भन्दा कार्वान्वयनमा बढि जोड दिनु पर्ने धारणा राख्नु भयो / उक्त अवसरमा दारी पाल्नेहरुलाइ समाजमा प्रेममा धोका पाएको, कुलतमा लागेको, गाजा भाङ सेवन कर्ता वा कुनै धार्मिक सस्था वा गुरुको चेलाको रुपमा हेरिने गरिन्छ र यस्तो प्रकारको गलत सोचाइलाइ सामाजिक कार्यहरु गरी दारी पाल्नु प्रेममा धोका, गाजा सेवन, कुलत वा कुरै धार्मिक गुरुको चेला नभई एक सामान्य नागरिकको इच्छया हो, दारी पाल्नेहरु पनि यही समाजका सचेत नागरिक हुन भन्ने कुराको संदेश दिनु पर्ने धारणा दारी ग्याङका सदस्य राजेश तिवारीले बताउनु भयो /
img_1325

img_1335

img_1340
दारी ग्याङको उदेश्य सिर्फ दारी जुँगा पालेर फेसबुकको भित्तामा फोटो टास्ने मात्र नभई यो एउटा सामाजिक सस्थाको रुपमा बिकास गर्ने र सामाजिक कार्य गर्ने समुह हो, जस्का सदस्यहरुलाइ दारी जुँगा पाल्न मन पराउछन / अनुहार भरी दारी लिएर हिड्ने ब्यक्ती सामाजिक कार्यकर्ता हुनसक्छ र समाजमा दारी पाल्ने ब्यक्ति भने पछि सम्मानजनक रुपमा हेरिने सस्कृतिको बिकास गर्न दारी ग्याङले थुप्रै सामाजिक कार्यहरु गर्नु पर्नेछ र यो समुहले निरन्तर रुपमा गरि नै रहन्छ भन्ने धारणा ग्याङका एक सदस्य बसन्त पहरीले बताउनु भयो /
img_1358

img_1363
पोखरामा मात्रै नभई देशका विभिन्न ठाउहरुमा दारी ग्याङको गठन भैरहेको कुरा दारी ग्याङ पोखराका एक सदस्यले जानकारी गराउनु भयो र अन्य ठाउँका दारी ग्याङहरुसंग पनि सामाजिक कार्यहरुमा सहकार्यको कुरा चलीरहेकोकुरा बताउनु भयो / पोखराको दारी ग्याङ पोखरा वरीपरि लोकप्रिय हुदै आइरहेको छ र यसका सदस्य संख्यामा पनि निरन्तर वृद्धि भैरहेको छ /
img_1373

Post Comment