भारत लैजादै गरेका तिब्बतीहरु पक्राउ

समाज

कात्तिक २९ । अवैध बाटो हुँदै भारत जान लागेका ४१ जना तिब्बती नागरिकलाई कैलालीको त्रिनगर प्रहरीचौकीले सोमबार पक्राउ गरेको छ ।
1479125736pakrau-pakrau-final
घोताछुघाङ सेवा समाजको पहलमा छिङदुङ टासीदेले ट्राभल एजेन्सीले उनीहरुलाई धनगढीको त्रिनगर नाका हुँदै भारत पठाउन लागेको प्रहरी सहायक निरीक्षक जीवन गुरुङले जानकारी दिए ।

विगत ७/८ वर्षदेखि सो ट्राभल एजेन्सीले यसैगरी तिब्बतीहरुलाई नेपाल हुँदै भारत लैजाने गरेको खुलेको पनि प्रहरीले जनाएको छ ।

Post Comment