बिश्वको बिभिन्न मुलुकमा बसोबास गरिरहेका संखुवासभा जिल्लाबासी माझ माया, ममता एवंम् आत्मिय सद्भावको साथ भावनात्मक संम्बन्धलाई बिस्तार गर्ने महान कार्यमा हातेमालो गर्दै सहयोगी समाज सेवाबाट अघि बढ्ने उदेश्यले कतारमा रहनु भएका संखुवा सभा जिल्लाबासीहरुले कतार, दोहा स्थित मुन्ताजा पार्कमा १८ नोभेम्बर, २०१६ शुक्रबारको दिन सम्पन्न भेलाबाट १५ सदसिय संखुवासभा समाज कतार (तदर्थ समिती) गठन गरि निम्न महानुभाब रहनु भएको कार्य समिति गठन गरेको छ ।
भविष्यमा जिल्लाको बिकासमा योगदान पुर्याउने उद्देश्यका साथ गठित भएको कार्यसमितिमा भेलाले श्री लोक बहादुर राई ज्युको अध्यक्षतामा निम्न व्यक्ति रहनु भएको कार्य समितीमा र सल्लाहाकार समिति चयन भएको छ । विश्वमा हाल सम्म संखुवा सभा समाज हंगकंग, बेलायत, सिंगापुर, बुर्नाइ, दक्षिण कोरिया, अमेरिका, दुबई, कतार र मकाउ मा गठन भै सकेको छ भने अस्ट्रेलिया, क्यानडा, बेल्जियम र जापानमा संखुवा सभा समाज गठन गर्ने कार्यमा संखुवा सभा जिल्लाबासीहरु लागि पर्नु भएको छ ।
१. अध्यक्ष – श्री लोक बहादुर राई
२. बरिष्ठ उपाध्यक्ष -श्री खगेन्द्र कार्की
३. उपाध्यक्ष- श्री तेज मोक्तान
४. महासचिव – श्री दोर्ण कार्की
५. सचिव – श्री सुजन श्रेष्ठ
६. कोषाध्यक्ष – श्री गोपाल कार्की
७. सह कोषाध्यक्ष – सुश्री ज्ञानु राई
८. सदस्य-श्री राम ब. आले
९. सदस्य-श्री पदम तामाङ
१०. सदस्य- श्री मनोज कार्की
११. सदस्य- श्री शिव दाहाल
१२. सदस्य- श्री बिकाश कार्की
१३. सदस्य- श्री युवराज कालाखेती
१४. सदस्य- श्री छत्र राई
१५. सदस्य- सुश्री ईन्द्रा राई
सल्लाहकार समिती
१. संयोजक – श्री नरेश श्रेष्ठ
२. सदस्य – श्री पर्शुराम दाहाल
३. सदस्य – श्री दान ब. पराजुलि
४. सदस्य – श्री चुडामणि कार्की