८ मंसिर । दाङमा बालिका बलात्कार गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बालिकालाई जवरजस्ती करणी गर्न खोजेको अभियोगमा कास्की पोखरा घर भई त्रिपुर नगरपालिका–१ डेरा गरी बस्ने २३ बर्षीय कुमार बिकलाई प्रहरीले पक्राउ गरेको हो ।विकले मंगलबार नारायणपुर बस्ने ११ बर्षीया बालिकालाई पसलबाट घरतर्फ जाँदै गरेको अवस्थामा जवरजस्ती करणीगर्न खोज्दा बालिका कराए पश्चात उनी भागेका थिए । सो घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।