पोखरा १०,मंसिर । अपहरण तथा शरीर बन्धक मुद्दामा काभ्रे चाचाल गोश्वाराका पुष्कर खड्का २०७० वैशाख २६ गते अदालतको फैसला अनुसार कास्की कारागार चलान भए । उनलाई अदालतले ६ वर्ष कैद र ४ लाख जरिवाना सजाय सुनाएको थियो ।उनले तोकेको जरिवाना बुझाउन नसकेपछि उनको कैद सजाय थपिएर १० वर्ष पुग्यो । साढे ३ वर्ष कैद भुक्तान गरेको खड्का बिहीबार अस्पतालबाट भागेका छन् । उनकोकैद भुक्तान अझै साढे ६ वर्ष बाँकी छ ।कैदबाट भागेको कारण भुक्तान गर्न बाँकी रहेको साढे ६ वर्षको २५ प्रतिशतकैद सजाय थप हुने भएको छ । बिहीबार बिहान साढे १० बजे दाँत सम्बन्धी उपचारको लागि गण्डकी मेडिकल कलेज लगेको बेला ३५ वर्षीय खड्का भागेको कास्की कारागारका प्रमुख हरिप्रसाद गौतमले बताए ।गौतमका अनुसार दाँत सम्बन्धी उपचार गरिसकेपछि शौचालय छिरेका खड्का झ्यालबाट भागेको आजको समाधान दैनिकले छापेको छ । नियमित उपचारको लागि खड्कालाई यसअघि पनि उपचारको लागि गण्डकी मेडिकल कलेजमा लैजाने गरिएको गौतमले बताए । ‘नियमित उपचारको लागि खड्कलाई अस्पताल लगिएको हो,’ गौतमले भने, ‘उपचारपछि दिउँसो एक बजे शौचालयबाट भागेछन्, खोजी भइरहेको छ ।’उनका अनुसार शौचालय छिरेको १५ मिनेटसम्म नआएपछि भित्र हेर्दा उनी भागिसकेका थिए । गण्डकी मेडिकल कलेजकोपार्किङसँगै पुरुष शौचालय छ । तीन वटाखापा भएको झ्यालको एउटा खापामा राखिएको सिसा निकालिएको छ, त्यहींबाट खड् का भागेका हुन् । सिसा नभएको झ्यालबाट सजिलै बाहिर जान सकिन्छ । झ्यालबाट निकालिएको सिसा भित्तामा अड्याएर राखिएको छ ।एउटा सिसा निकालिनुले उनी नियोजित रुपमा योजना बनाएर भागेका हुन् भन्ने शंका उब्जिएको छ । खड्का शौचालयभित्र छिर्दा चारैतिर ध्यान पु¥याउन नसक्नुसुरक्षाकर्मीको कमजोरी देखिएको अस्पताल परिसरमा भेटिएका सर्वसाधारणलले बताए । खड्कालाई अस्पताल लैजाँदा हतकडी लगाइएको भए पनिशौचालय जाँदा खोलिएको थियो । खड्कालाईप्रहरी सहायक निरीक्षक बोजकुमारी क्षेत्रीको नेतृत्वमा प्रहरी हबल्दारश्याम परियार र कारागारका कार्यालय सहायकले अस्पताल लिएर गएका थिए । यसअघि जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुना परेका भीमकुमार तामाङ २०७० साउन ११ गते कास्की कारागारबाट भागेका थिए ।बिहान जेलभित्रको फोहर फाल्न मूल गेटनेर निस्केका उनी भाग्न सफल भएका थिए । त्यतिबेला सेन्ट्रीमा रहेका २ जवानको जागिर गएको थियो ।