पोखरा १०, मंसिर । विभिन्न ८ बुंदे माग राख्दै बिप्लव माओवादीद्धारा कास्कीको सार्दीखोलामा निर्माणाधिन मन्दिकीनी हाइड्रोपावर बन्द गराएको छ । बिप्लव नेतृत्वको माओवादी पश्चिम कमाण्ड कास्कीले सार्दीखोलामा निर्माणाधिन अवस्थामा रहेको ४ मेघावाटको मन्दिकिनी हाइड्रोपावर बन्द गराएको हो ।बिप्लव माओवादीको टोलीले शुक्रबार विभिन्न ८ बुदे मागपत्र समेटिएका पर्चा हाइड्रोपावर निर्माण स्थलमा नासेर जनताको माग सम्बोधन नगरिकन हाइड्रोपावर निर्माण कार्य अगाडी वढाए विभिन्न कारवाही अगाडी वढाउने चेतावनी दिएको छ । स्थानिय जनसमुदाय रबिप्लव माओवादीका कार्यकर्ताहरुको उपस्थिती गरी माओवादीले हाइड्रोपावर बन्द गराउदै बिप्लव माओवादी कास्कीका सचिवालय सदस्य परिवर्तनले जनताको माग सम्बोधन नगरी सञ्चालनमा ल्याए माओवादीले प्रतिवाद गर्ने उनले वताए ।८ बुदे मागपत्रमा हाइड्रोपावर कम्पनीले स्थानीय स्रोत साधनको कर नतिरी प्रयोग गरेको, स्थानीय जनतालाई रोजगारमा नराखेको, स्थानीय जनता र गा.बि.स संग छलफल नगरी केन्द्रमा घुस खुलाएर प्रोजेक्ट सन्चालन गरेको , सार्दिखोला लगाएतको प्रभावित गा बि सलाई लोडसेडिङ मुक्त घोषणा र मुनाफाको२५ प्रतिशत स्थानीय जनतालाई बितरण गर्ने कुरामा लिखित सहमती नगरेको लगायतका बुंदाहरु समेटिएको बिप्लव माओवादी पश्चिम कमाण्डका इन्चार्ज सुजन बिकले जानकारी दिए ।
मन्दकिनी हाइड्रोपावरलाई कार्वाही गर्नुको कारण हेर्नुस बुदागत रुपमा मन्दकिनी हाइड्रोपावर सार्दीखोला माथि कार्वाही किन ?
१. हाईड्रोपावर सञ्चालनको लागि स्थानीय निकाय संग अनुमति नलिइ कार्य सञ्चालन गरेको ।
२. हाइड्रोपावर सञ्चालनका लागि केन्द्रबाट आवश्यक पर्ने कागजात तथा रिपोर्ट जनताको विचमा सार्वजनिक नगरेको ।
३. प्रभावित क्षेत्रका गा.वि.स., वडाका जनता संग गरेको सम्झौता कार्यान्वयन नगरेको ।
४. हाईड्रो निर्माणका लागि करौडौ मुल्य पर्ने काठ, ढुङ्ग, गिटी, वालुवा भरपुर प्रयोग गरी त्यसको मुल्यवरावरको रकम गा.वि.स.लाई उपलब्ध नगराएको ।
५. प्रभावित क्षेत्रको गा.वि.स.हरु लाहाचोक, घाचोकमा सार्वजनिक जग्गालाई निजी हो भनि विजुली बत्तीको पोल गाड्ने नाममा लाखौ रुपैया वाँडफाड गरेको ।
६. स्थानिय जनतालाई रोजगार नदिएको ।
७. प्रोजेक्ट सम्बन्धि धारणा सार्वजनिक माग गर्ने व्यक्तिहरु माथि धाक धम्की दिने गरेको ।
८. लोडसेडिङ मुक्त गा.वि.स. घोषणा र उत्पादन भएपछि प्राप्त मुनाफाको २५ प्रतिशत रकम जनतालाई लिखित रुपमा दिन तयार नभएको ।