काठमाण्डौमा मृत घोषणा गरिएका व्यक्ति सबैसामु बालेपछि ……

समाज

११ मंसिर । मृत घोषणा गरिएको १० वर्षपछि तनहुँका विष्णुहरि गैरे शुक्रबार एकाएक राजधानीमा देखिए ।

२०६३ सालमा आमाको निधनपछि विष्णुहरि मृत घोषित भए सरकारी अभिलेखमा । तर, २०२८ सालमा रोजगारीको सिलसिलामा भारत गएका विष्णुहरि ४१ वर्षपछि २०६९ सालमा स्वदेश फर्किए । फर्किदा उनी मृत घोषित भइसकेका थिए ।

राजधानीको मिडिया इन्टरनेशनलमा पत्रकार सामु परिवारले ‘जिउँदै मारिदिएका’ विष्णुहरिले आफू जिवितै भएको भन्दै न्यायका लागि पहल गरिदिन आग्रह गरे । उनले भने– ‘म जिवितै छु, यो खबर सबैलाई सुनाईदिन पर्यो ।’

बिष्णुहरि भारतबाट ४१ बर्षपछि २०६९ सालमा स्वदेश फर्किए । उनी स्वदेश फर्केर आफ्नो गाउँ गए, गाउँमा पुगेपछि उनले आफ्नो घर, जग्गाजमिन केही पनि नभएको थाहा पाए । पछि बुझ्दा बावुआमाका एक मात्र छोरा बिष्णुहरिको पैतृक सम्पति आफ्नै दिदीका छोराहरुले बिष्णुहरिको मृत्यु भइसकेको भन्ने झुठा विवरण बनाएर आफ्ना नाममा पारी बिक्री समेत गरिसकेको फेला पर्यो । ‘सम्पतिका लागि आफ्नैले जिउदै मारिदिदा रहेछन्’ पत्रकारहरुमाँझ उनले दुखेसो पोखे ।

आफू भारतमा हुँदा आफ्नै दिदीहरु बिष्णुमाया ढकाल र गौरीमाया पौडेलका छोराहरुले मिलेमतोमा सरकारी निकायमा मृत्यु भएको झुठ्ठा विवरण पेश गरी एउटा घर र २४ रोपनी जग्गा आफ्ना नाममा सारी बिक्री गरेको विष्णुहरिले दाबी गरे ।

उनले आफूमाथि परिवारबाटै ठूलो अन्याय भएको भन्दै न्याय दिलाउन सहयोग गरिदिन सबैलाई आग्रह गरे ।

 

गरिब भएकै कारण मैले न्याय पाएन् । म २०२८ सालमा भारत गए, ४० बर्ष पछि २०६९ सालमा म घर फर्कदा मेरो बुवा २०३८ सालमा र आमा २०६३ सालमा स्वर्गवास हुनुभएको खबर पाएँ । अनि मेरो जायजेथा सबै मेरी जेठी दिदी बिष्णुमाया ढकाल र कान्छी दिदी गौरीमाया पौडेलका छोराहरुले मेरो मृत्यु भइसकेको र अंशियार नभएको भन्दै किर्ते जालसाच गरी आफ्नो नाममा पारेर बिक्री समेत गरिसकेका रहेछन् ।

त्यसपछि म आफ्नो जायजेथा फिर्ता गर्न कानूनी उपचारका लागि जिल्ला अदालत देखि क्षेत्रीय अदालतसम्म पुगें तर कहीँबाट पनि न्याय पाउन सकिन । मैले जिल्ला अदालत तनहूँमा जालसाची मुद्धा दायर गरे । र अदालतले २०७१ जेठमा आधा सम्पत्ति फिर्ता गर्ने भनि फैसला सुनायो । तर, पुनरावेदन अदालतमा मुद्धा पुर्याएर आफूले जानकारी नै नपाइ मुद्धा मिलाइयो ,पत्रकार सम्मेलनमा  भने

Post Comment