यौनप्यास मेटाउन प्रहरीले नै होटल पुर्याइदिएका कैदी भागे !

समाज

अर्जुन गिरी , पोखरा १४ मंसिर । उपचार गर्न लगिएका कास्की कारागारका कैदी पुष्कर खड्का अस्पतालबाट भागे । केही दिनअघि यस्तै खबर सहरमा फैलियो । तर उनी अस्पतालबाट नभई होटलबाट भागेको पत्ता लागेको छ ।

स्रोत भन्छ, ‘अस्पतालमा उपचारका लागि नभई उनलाई युवती भेट्ने मौका दिन होटलपु¥याइएको थियो ।’ दाँतको उपचार गर्न भनी प्रहरीले लैजाँदा खड्का गण्डकी शिक्षण अस्पतालको चर्पीबाट भागेको कास्की कारागारले बताएको थियो । तर स्रोतका अनुसार उनको यौनतृष्णा मेट्ने मौका दिन मंसिर ९ गते न्युरोडको होटल दीपसागर पु¥याइएकोमा त्यहींबाट भागेका थिए ।खड्का भागेपछि कास्की कारागार प्रमुख हरिप्रसाद गौतमले खड्का अस्पतालबाट भागेको ‘कहानी’ मिडियाकर्मीलाई सुनाएका थिए । खड्कालाई यसअघि पनि पटकपटक उनको यौन चाहना पूरा गर्न बाहिर निस्कन दिने गरेको स्रोत बताउँछ। ‘तर यसपालि भने कारागार प्रशासनलाई धोका दिँदै उनी भागे,’ स्रोतले भन्यो । खड्कालाई लिएर बाहिर निस्किएका प्रहरीद्वय र कारागार कार्यालय सहायक त स्वतहः कारबाहीमा पर्छन् तर यस प्रकरणमा उनीहरुको मात्र संलग्नता नरहेको स्रोतले दाबी ग¥यो । ‘हुन त प्रहरी सहायक निरीक्षक बोजकुमारी क्षेत्रीको नेतृत्वमा खड्का त्यहाँ पुगेका थिए तर उनलाई कारागार प्रशासनले खटाउनुपर्छ,’ स्रोतले भन्यो, ‘कुन प्रहरी कहाँ खटिने भन्ने निर्णय कारागार प्रशासनले नै गर्छ ।’ तर घटनाको अनुसन्धानमा पनि शंकाको बादल मडारिएको स्रोतको भनाइ थियो । ‘ कारागार प्रमुखको संयोजकत्वमा छानबिनटोली छ, अब प्रमुखकै वा उनी मातहातको कर्मचारीको गल्ती पनि त ढाकछोप हुन सक्छ,’ स्रोतले भन्यो, ‘दुई प्रहरीले मात्र चाहेर कसरी होटलमा रासलीला मच्चाउन कैदी पु¥याउन सक्छन् ?त्यसैमाथि अस्पतालै लगिएको र बीचबाटै सेटिङ गररे त्यहाँ पुग्न निकै गाह्रो हुने स्रोतको भनाइ थियो । मंसिर ९ गते बिहान १० बजेतिर होला कैदी खड्कालाई कारागारबाट लिएर प्रहरी सहायक निरीक्षक बोजकुमारी क्षेत्रीका नेतृत्वमा प्रहरी हबल्दार श्याम परियार र कारागारका एक कर्मचारी अस्पताल जाने भन्दै हिँडेका थिए ।उनीहरु खड्काको दाँत उपचार गर्ने भन्दै गाडी लिएर गण्डकी शिक्षण अस्पतालतिर लागे । तर गाडी त्यहाँ नगईन्युरोडमा रहेको होटल दीपसागरतिर सोझिए ।

बिहानको साढे ११ बजेतिर सहायकनिरीक्षक बोजकुमारी अघि, खड्का बीचमा र पछिपछि हबल्दार श्याम । उनीहरु होटलको रिसेप्सनमा पुगे । बोजकुमारीले अनुसन्धानको काम छ भन्दै दुई वटा कोठा आवश्यक परेको बताइन् ।सोही अनुसार होटलका कर्मचारीले दुईवटा कोठाको चाबी दिए । चाबी लिँदै ‘दुईवटा केटी आउँछन् हाम्रो कोठामा पठाइदिनु होला’ भन्दै प्रहरी बोजकुमारीले कर्मचारीसँग भनिन् । त्यति भन्नेबित्तिकै उनीहरु सरासर माथि कोठातिर लागे ।

केहीबेरमा दुई युवती पनि उनीहरु भएको कोठामा आए । पोखरा भेडीफारमकी एक युवती जो खड्कासँग पहिलेनै चिनेजानेकी थिइन् ।प्रहरी बोजकुमारीले ‘तिमीहरु त्यो कोठामा जाऊ’ भन्दै कैदी खड्का र दुई युवतीलाई कोठा नम्बर ३०१ मा पठाइन् । तीनजना एउटा कोठामा थिए । त्यही कोठाको अगाडि रहेको ३०५ नम्बरको कोठामा प्रहरी बोजकुमारी र हबल्दार श्याम थिए । केही बेरमा खड्काको कोठाबाट एउटा युवती निक्लिन् । खड्का कोठाभित्र अर्की युवतीसँग मस्त भए ।

यता प्रहरीद्वय मम र कफी खान व्यस्त थिए । खड्काले अर्की युवतीसँग फोटो खिच्ने काम छ भन्दै एक युवतीलाई बाहिरपठाएका थिए । त्यसको पाँच–सात मिनेटमाखड्का र ती युवती पनि त्यो कोठाबाट निक्लिए । केहीबरेपछि प्रहरीद्वय बाहिर निक्लिएर हेर्दा कोठामा कोही थिएनन् । खड्कासहित दुई युवती पनि गायब थिए । आत्तिँदै प्रहरीले खड् कालाई खोज्न थाले ।कारागारका कार्यालय सहायक कहाँ थिए भन्ने पनि पत्तो भएन ।

अन्तत असई बोजकुमारीले कास्की प्रहरी र कास्की कारागारलाई जानकारी गराइन् । कास्की प्रहरीबाट पनि प्रहरी खटाइयो तर अहिलेसम्म खड्का कहाँ छन् भन्ने पत्तोलागेको छैन । असई बोजकुमारी, हबल्दार श्याम र कारागार कर्मचारीलाई प्रहरीकै नियन्त्रणमा लिइयो । उनीहरु कास्की कारागारको हिरासतमा छन् ।घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । ‘फरार खड्काको खोजी भइरहेको छ,’ उनले भने, ‘खटिएको प्रहरीमाथि कारागार प्रशासन र हाम्रो तर्फबाट पनि अनुसन्धान भइरहेको छ ।’ गल्ती ठहर भए उनीहरुलाई ऐन अनुसार पनि कारबाही हुन्छ । समाधान दैनिकले छापेको छ ।

Post Comment