पोखरामा बिद्यार्थिले प्रधानमन्त्री दाहालको पुत्ला जलाए

समाज

१६,मंसिर | संबिधान संसोधन प्रस्तावको विरोधमा पोखरामा बिद्यार्थीहरु  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डको पुत्ला जलाएका छन् । संविधान संसोधन प्रस्ताव नेपाली जनताको हितमा नरहेको भन्दै अनेरास्ववियु कास्कीले  पुत्ला  जलाएको हो।

हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोजेको, नागरिकता बेच्ने सड्यन्त्र गरेको, देशलाई सिक्किमिकरण गरेको आरोप लगाउदै प्रधानमन्त्रीको पुत्ला जलाएको अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य सरिता पुरीले बताइन् । यो सरकारका बिरुद्ध अझ शसक्त आन्दोलन गर्ने चेतावनी समेत बिद्यार्थीहरुले दिएका छन् ।

पुत्ला दहन कार्यक्रमा अनेरास्वबियु का जिल्ला अध्यक्ष बिबेक देवकोटा ,भुगोल अध्यक्ष शेखर गौतम , पृथ्वी नारायण क्याम्पस संयोजक राजन शर्मा पराजुलीले  बिद्यार्थीहरुको आन्दोलन ले नेपालका धेरै दलालीहरु र राष्ट्रघातिको अन्त्य भएकोले सबै राष्ट्रप्रेमी जनताहरु एक हुनुपर्ने बताए ।

 

Post Comment