पोखरामा ट्रकको ठक्करले मोटरसाइकल चलाकको मृत्यु

समाज

१९,मंसिर । पोखरामा आईतवार विहानै ट्रकको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ । पोखराको चाइना पुलमा ट्रकको ठक्करबाट मोटरसाईकल चालक १९ बर्षीय युवकको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

विहान ६ बजे बबुद्धचोकबाट पृथ्बीचोक तर्फ आउदै गरेको ग १ ख ४३८५ नम्बरको ट्रकले सोहि दिशाबाट आउदै गरेको ग २ प १०६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा चालक पोखरा १५ खाल्टे मसिना बस्ने बर्ष १९ का असिम गुरुङको ज्यान गएको हो ।दुर्घटनामा गम्भिर घाईते उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा विहान ७ बजेर १० मिनेटमा ज्यान गएको हो ।

दुर्घटनामा मोटरसाईकल पछाडि बस्ने रोशन गुरुङ घाइते भएका छन् । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएपनि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Post Comment