काठमाडौमा दिउँसै महिला लुटिइन

समाज

२०,मंसिर । नवलपरासी घर भई हाल काठमाडौं महानगरपालिका–२९ नयाँबसपार्क पवित्रनगर डेरा गरी बस्ने ४० वर्षीया यमकला भण्डारीको नगद ३ लाख ६० हजार रुपैयाँ आइतबार लुटपाट भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भण्डारीले सो रकम रिलायवल डेभलभपमेण्ट बैङकबाट १ लाख १० हजार रसोही स्थानमा रहेको ग्लोवल ए.टि.एम.बाट नगद २ लाख ५० हजार रुपैयाँ निकाली फर्किने क्रममा बा.७० प १५८४ नम्बरको निलो र कालो रंगकोे पल्सर मोटरसाइकलमा आएका व्यक्तिहरुले लुटपाट गरेका हुन् ।फरार लुटेराहरुको प्रहरीले खोजतलास गरिरहेको छ ।

Post Comment