अमेरिकाको कोलोराडो राज्यमा पुर्नबासित नेपाली भाषी भूटानीहरुको दुई सामाजिक संस्थाहरू छन । विगत लामो समयदेखि सञ्चालन हुँदै आएको नेपाली भाषी भूटानीहरुको कार्यक्रम भूटानी ढुकी-ढुकीको ३१ औं स्तम्भमा कोलोराडो राज्यमा रहेका दुई सामाजिक सस्था जी.बी.सी.सी र हुय्मन होप फाण्डेशनका अध्यक्षहरू सोम बराल र राजू धौरालीसगँ संचारकर्मी हेम गिरीले भलाकुसारी प्रस्तुत गरेका थिए । सो भलाकुसारीमा ती संस्थाहरुका अध्यक्षहरूले दुई संस्थालाई एकीकरण गरेर एउटा बनाउने जानकारी गराउनु भएको थियो । कोलोराडोमा रहेको भूटानी समाजको अपेक्षालाई मध्यनजर गर्दै दुई संस्था एकीकरण भएर भूटनिस कमिनिटी अफ कोलोराडो (बी.सी.सी) नामक संस्थाको रूपमाँ स्थापना हुने भएको छ । यही डिसेम्बर १७ तारिक एक विशेष कार्यक्रम साथै पत्रकार सम्मलेनको आयोजन गरेर दुई संस्था एकीकरण गरिएको औपचारिक रूपमा घोषणा गरिने जानकारी प्राप्त भएको छ । दुई संस्थाका अध्यक्षहरूसँग संचारकर्मी हेम गिरीले गरेका भलकुसारी जुन भूटानी ढुकी-ढुकीको ३१औं स्तम्भमा प्रसारण भएको थियो ! त्यो भलकुसारी यहां हेर्न सक्नु हुनेछ ।