२९,मङ्सिर। डेढ बर्ष अघि नेपालमा आएको विनासकारी भुकम्पका कारण ऐतिहासिक सम्पदा धरहरा भत्कियो । भुकम्पले भत्काएको नौ तले धरहरा अहिले भग्नाशेषमा सिमित छ । त्यसको पूर्ननिर्माणका लागी गुरुयोजना बनेको भएपनि काम अगाडी बढेको देखिदैन् । तर पोखरामा एक ब्यक्तिले आफनै घरको छतमा धरहरा निर्माण गरेका छन् । करिव डेढ वर्ष वित्दा पनि धरहरा अझै निर्माणको काम हुन सकेको छैन भने निमार्ण गर्ने तर्फ कसैले ध्यान नदिएकोदेख्दा दुःखी पोखरा ७ शान्तिनगर चोक बस्ने धनबहादुर तामाङले भने आफ्नै घरको छतमा धरहरा निर्माण गर्नुभएको हो ।
करिव १ लाख ५०हजारको लागतमा उहाँले धरहरा निर्माण गर्नुभएको हो ।सिन्धुली ६ वेलघाडि गा.वि.स बाट २५ बर्ष अगाडि पोखरामा बसाई सरेर आउनु भएका तामाङ २०६९ सालमा काठ्माडौँ वासबारी न्युरो हस्पिटल उपचारको क्रममा पुग्दा धरहरा चढ्ने रहर थियो तर ब्यस्तताले गर्दा पुरा भएन् । फेरी आउदा चढने बाँचा सहित पोखरा फर्कनुभयो । वीचमा फेरी जाने चाजोपाँजो मिलेन् ।
धरहरा चढने उहाँको सपना बैशाख १२ गतेको भुकम्पले चकनाचुर बनायो । त्यसपछि भने एक्कासी २०७२ वैशाख १२ गते मध्यान्ह आएकोे भुकम्पले धरहरा भत्किएसंगै उहाँको सपना सपनामै सिमित रहयो ।
धरहरा भत्किएको खवरले उहाँ निक्कै भावुक बन्नुभयो । त्यसपछि उहाँले आफ्नै घरको छतमा धरहरा निर्माण गर्ने योजना बनाउनुभयो । गत कात्तिकमा उहाँले धरहरा निर्माण सुरु गर्नुभयो हाल निर्माण सम्पन्न भएको छ ।
धनबहादुरकी जीवनसंगीनि देवमाया भन्नुहुन्छ “भुकम्पले हाम्रो धरहरा भत्कायो, प्राकृतिक वित्तिलाई कसैले रोक्न सक्दैन तर भत्कियो भन्दैमा हामी त्यसै वस्न हुदैन् ।” हामी नेपाली एक भयौ भने लडेको धरहरालाई पूननिर्माण गर्न समय लाग्दैन र बनाउन सक्छौ ।’ उहाँले आफनो घरको छतमा बनाइएको धरहरा हेर्नका लागी पनि धेरै आउने गरेको सुनाउनुभयो ।
उहाँले पहिला आफुलाई नै के बन्न लागेको भन्ने बारे श्रीमानले जानकारी नदिइएको र बनेपछि मात्रै थाहा भएको बताउनुभयो । ‘जुन नमुना हामीले बनाएका छौ,त्यसलाई हेर्न धेरै मान्छे आउछन, यो हेरेरै भएपनि आउनेहरु खुशी हुदै फर्कन्छन् ।’
सोही ठाँउमा बस्ने अनित थापा भन्नुहुन्छ यही धराहरा भएपनि हेर्न धेरै मान्छे आउछन् र आफुपनि हरेक शनिबार आउने गरेको बताउनुभयो ।
(फाइल तस्बिर)