५,पुष । मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटेल पुगिन् । अन्तर्वार्ताका लागि भनेर उनलाई होटेलमा बोलाइएको थियो ।आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए ।अन्तर्वार्ताका लागि भन्दै उनले युवतीलाई होटेलको कोठामा बोलाए । सामान्य कुराकारी गरेपछि युवतीलाई उनले आफूसँग सम्बन्ध राखे मोडल बनाउनेबताए । तर, युवतीले मानिनन् । त्यसपछि युवतीलाई जबर्जस्ती सम्बन्ध राख्ने प्रयास गरे । युवती चिच्याइन् । उनी भाग्ने प्रयास गरे । होटेलका कर्मचारीतथा सेक्युरिटी गार्ड मिलेर उनलाई भाग्दाभाग्दै समाएर प्रहरीलाई बुझाए ।अभय खड्का नाम गरेका ती व्यक्तिमाथि अनुसन्धान गर्दा प्रहरी चकित भयो । तिरुपतिमा उनले बलात्कारको प्रयास मात्र गरेका थिए, त्यसभन्दा पहिला धेरैपटक उनले युवतीहरूलाई मोडल र नायिका बनाउने भन्दै ठगी गरेको खुलेकोछ ।
पहिले नै मोस्ट वोन्टेड
तिरुपतिको घटना हुनुअगाडि नै उनी महानगरीय प्रहरी वृत्त जनसेवाको मोस्ट वान्टेड सूचीमा थिए । सुन्धाराको एक होटेलमा अन्तर्वार्ताका लागि भनेर एक युवतीलाई बोलाएर उनले बलात्कार गरेर भागेका थिए ।‘पक्राउ परेका अभियुक्तले धेरै युवतीलाई बलात्कार गरेको बताएका छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीले भने, ‘थप घटनाबारे अनुसन्धान गरिरहेका छौ“ ।’ पक्राउ परेका खड्काले १६–१७ वटा बलात्कारका घटनामा आफू संलग्न रहेको स्विकारेका छन् ।
घटनाका प्रकृति एउटै
सबै घटनामा उनको एउटै तरिका देखिन्छ ।मोडल तथा नायिका चाहिएको भन्दै विज्ञापन गर्ने । अन्तर्वार्ताका लागि भनेर होटेलमा बोलाउने । अन्तर्वार्ताको बहानामा होटेलमा शारीरिक सम्बन्धको प्रस्ताव राख्ने । अस्वीकार गरे बलात्कार गरेर युवतीलाई होटेलमै थुनेर भाग्ने ।यस्ता धेरैवटा घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । उनीविरुद्धजबर्जस्ती करणी उद्योग मुद्दा अघि बढाइएको महानगरीय प्रहरी वृत्त कमलपोखरीका डिएसपी महेश थापाले बताए ।
पहिचान लुकाउँदै, प्रहरीलाई झुक्याउँदै
पक्राउ परेका खड्काले आफ्नो घर काभ्रेको श्यामपाटी भएको बताएका छन् ।तर, श्यामपाटीमा गएर प्रहरीले बुझ्दा सो नाम गरेको व्यक्ति नै नभएको खुलेकोछ । अहिलेसम्म प्रहरीलाई उनले आफ्नो पहिचान लुकाइरहेको छन् । पक्राउ परेकायुवक शृंखलाबद्ध अपराधमा संलग्न रहेको जनसेवा वृत्तका डिएसपी सन्तोष आचार्यले बताए । कतिपयलाई उनले आफू फिल्म निर्देशक भएको भनेरसमेत झुक्याउ“दै अन्तर्वार्ताका लागि बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । नयाँपत्रिका दैनिकले छापेको छ ।