अमेरिकी नेपाली समाजमा उदाहरणीय काम

समाज

टेक्सास, अमेरिका। डलास निवासी भुवन आचार्य र अरूणा आचार्यको जोडीले आफ्ना सुपुत्र नीलमुक्ति आचार्यको भात खुवाई कार्यक्रमबाट उठेको पॉच लाख बढी रकम मन्दिरलाई हस्तान्तरण गरेको छ ।

गत शनिबारको कार्यक्रमबाट उठेको ४ हजार ९ सय ७४ डलर अर्थात ५ लाख ४१ हजार ५ सय ६८ रूपैयॉ डलास स्थित नेपाली मन्दिरलाई हस्तान्तरण गरिएको हो । यस कार्यक्रम अन्तर्गत डिएफ डव्लु प्रणामी समाजमा उठेको ११ सय डलर, कार्यक्रममा सहभागीहरूबाट उपहार स्वरूपको १९ सय ३७ डलर र सोही बराबरको रकममा थप गरी आचार्य जोडीले दिएको १९ सय ३७ डलर मन्दिरलाई प्रदान गरिएको थियो ।

यस जोडीले कार्यक्रमको निम्ता दिनेक्रममै सहभागीहरूले उपहारस्वरूपको सहयोग गर्न चाहेमा आफुहरूलाई नगरेर मन्दिरका लागी गर्न जानकारी गराएको थियो । त्यसैले २ देखी ३ सयको हाराहारीमा जम्मा भएका सहभागीहरूले पनि उपहारस्वरूप सवैले नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र लेखिएको बाकसमा खसाएका थिए ।

सो रकम प्राप्त भएको जानकारी दिदै प्रणामी समाजका कोषाध्यक्ष शारदा नियौपानेले आचार्य जोडीको सहयोग पवित्र कार्यको उत्कृष्ट नमुना भएको वताउनुभयो । पवित्र स्थलको लागी आचार्य परिवारले गरेको योगदानप्रति टेक्सास नेपाली समाजका अध्यक्ष कृष्ण लामिछानेले उच्च प्रसंसा गर्नुभयो । समाजसेवीको नामले अमेरिकी नेपाली समाज विशेषगरी टेक्सास नेपाली समुदायमाझ यो जोडी निकै चिरपरिचित छ ।

भुवन आचार्य डलास स्थित नेपाली समाजको प्रतिनिधिमूलक संस्था नेपाली समाज टेक्सास को नेतृत्व गरिसक्नुभएको छ ।

Post Comment