पूर्वस्वास्थ्यमन्त्रीले विगतका कामलाई निरन्तरता दिन ध्यानाकर्षण गराए !

समाज

काठमाडौँ, ५ माघ । नेकपा (एमाले)ले स्वास्थ्य क्षेत्रमा राजनीतिक पूर्वाग्रह नराखी काम गर्न स्वास्थ्यमन्त्री गगन थापालाई ध्यानाकर्षण गराएको छ ।

सो दलका स्वास्थ्य विभागका प्रमुख सुचिता शाक्य र पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा गएको टोलीले मन्त्री थापालाई आज उहाँकै कार्यकक्षमा भेट गरी विगतमा स्वास्थ्य क्षेत्रमा भएका कामलाई निरन्तरता दिन आग्रहसमेत गरेको हो ।

सो अवसरमा मन्त्री थापाले गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबैको पहुँचमा आफूले ध्यान दिने उल्लेख गर्दै ले पनि सहयोग मिलेको बताउनुभयो ।

Post Comment