आउनुहोस क्यान्सर पिडितको जीवन बचाऔँ, सक्दो सेयर गरेर सहयोग जुटाऔँ

समाज

महेश नेपाल, माघ १९, चितवन । बिगत लामो समय देखी स्तन क्यान्सरले पिडित रुकुम, अर्मा–७, तङ गाउँकी ५८ बर्षिय मगि खड्का यतिबेला जिवन मरणको दोसाँधमा छीन । स्तन पाकेर लगभग झर्नै लागेको छ । बाबू धेरै पहिले नै गुमाएका उनका कलिला ६ जना बालबालिकाको सुन्दर भबिष्यको लागि समेत उनी बाँच्नु आवश्यक छ । तर गरिब हुनु उनलाई यतिबेला अभिसाप बनिरहेको छ । जसरी हुन्छ जीवन बचाउनुछ तर उपचार गर्न पैसा छैन ।

क्यान्सर पिडित महिलाको कागजात

डाक्टरले उपचार गर्न ५ लाख भन्दा बढी लाग्ने बताएका छन । तर उनी संग एक रुपयाँ समेत छैन । उपचारको क्रममा हाल सम्म् ३ लाख भन्दा बढी ऋण लागीसकेको छ । त्यो ऋण तिर्नको लागि उनिसंग भएको पुरै पाखाबारी बेच्दा पनि पुग्दैन । जसले उपचार गर्न सक्छ उसलाई सरकारले समेत राज्यको ढुकुटी रित्याएर लाखौँ उपचार खर्च ब्यहोर्छ । तर गरिब दुन दु:खीको लागि रुँदै मृत्यु कुर्नुको बिकल्प हुँदैन । हो यस्तै नियती भोगीरहेकी छिन उनी । उनको उपचार हुन नसके अभावमा उनका बालबालिका टुहुरा बन्नेछन, तिनको सुन्दर भबिष्य अन्धकार बन्ने छ ।

सहयोग गर्दै संस्थाका सदश्य नबराज गौतम

बिगत केही समय अगाडीदेखी सामाजिक कार्यमा सक्रीय समाजिक संस्था काव्य म्युजिक सेन्टर सामाजिक हातेमालो संस्थाले चितवनको भरतपुर स्थित क्यान्सर अस्पतालमा उपचार गराईरहेकी उनको अप्रेसनका लागि चाहीने रकम संकलन गरिरहेको छ । यो न्युज तयार गर्दा गितकार निरु न्यौपाने र संस्थाको पहलमा पचास हजार रुपैँया संकलन गरिसकेको छ । पिडित महिलाको ज्यान बचाउन सहयोग गर्नको लागी संस्थाले सम्पुर्ण सहयोगी हातहरुलाई समेत आव्हान गरिरहेको छ । संस्थाका अध्यक्ष रमेश श्रेष्ठ देश बिदेशमा रहनुहुने सबैलाई सहयोगको लागि अपिल गर्छन । संस्थाका हरेक कारोबार घाम जस्तै छर्लङ हुने कुरा संस्थाका सल्लाहकार महेश नेपालले बताए । साथै पिडित महिलालाइ मन बचनले सहयोग गर्न पनि उनले अपिल गरिरहेका छन ।

काव्य म्युजिक सेन्टर सा. हातेमालो संस्थाको टिम

थप उपचारका लागि भरतपुर क्यान्सर हस्पिटल हस्पिटल आइपुगेकि पिडित महिलाको साथमा न खान न भुइमा ओछ्याउने केही थियो । चिसो भुईमा सुत्नुपर्ने बाध्यता थियो । यो बिजोक अवस्था देख्दा काव्य म्युजिक सेन्टर हातेमालो सामाजिक सस्थाको जिम्मेवार सदस्य राज गौतमको मन थामिएन र उनले तत्काल राहत स्वरुप खाना र ओछ्याउने सामान आफ्नु ब्यक्तिगत खर्चमा ब्यवस्था गरिदिएका थिए ।पिडित महिलाको उपचारको लागि सहयोग रकम संकलन गर्न र पिडित सम्म पुर्‍याउन संस्थाका जिम्मेवार सदश्यहरु प्रदिप राज सापकोटा, दर्पण लामा, नबराज गौतम लगायत सम्पुर्ण टिम दिलो ज्यान लगाएर खटिरहेका छन ।

सहयोगी निरु न्यौपाने

सहयोग गर्न चाहेमा सम्पर्क:
नबराज गौतम: ९८६५१५९२६० [नेपाल]
रमेश श्रेष्ठ: ००९६६-५५७२७१६५७[साउदी]
Email: dhungegharkanxo@gmail.com

Post Comment