स्वर्गीय कोइरालाको स्मृति दिवस मनार्इंदै

समाज

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय सुशील कोइरालाको बुधबार स्मृति दिवस मनार्इंदैछ। स्मृति दिवसको अवसरमा कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गर्दैछन् ।

उहाँको पोहोर माघ २६ गते राति निमोनियाका कारण निधन भएको थियो । युवा अवस्थामा भारतमा रहँदा राजनीतिमा आवद्ध कोइराला २०६७ भदौ २५ गतेदेखि नेपाली कांग्रेसको सभापति हुनुहुन्थ्यो ।

२०७० माघ २७ गते संसदबाट प्रधानमन्त्रीमा निर्वाचित हुनभएका कोइरालाले संविधानसभाबाट संविधान जारी भएपछि २०७२ असोज २३ गते प्रधानमन्त्री पदबाट राजिनामा दिनुभएको थियो । नेपालका ३७ औं प्रधानमन्त्री रहेका कोइरालाकै कार्यकालमा नेपालको नयाँ संविधान जारी भएको हो ।

Post Comment