धादिङ्ग। खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंहलाई धादिङ्गको मैदी गाविसका स्थानियले डोको उपहार दिएका छन्।
स्थानीयवासीहरु आफ्नो गाउँमा खानेपानी आउँदा निकै खुशी थिए। बर्षौदेखि डोकोमा पानी बोकेर प्यास मेट्नुपर्दाको पिडा बिर्सन पाउँदा उनीहरु खुसिल नाचे। खानेपानी मन्त्री पनि के कम, स्थानीय नाच्न थालेपछि खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंह स्टेज छाडेर छमछमी नाच्न थाले !
बुधबार धादिङ्गको मैदीमा खानेपानी उद्घाटन गर्न पुगेका मन्त्री सिंहलाई स्थानीयले डोको उपहार दिएका छन् । खानेपानी उद्घाटनको त्रममा समाजसेवी एवं खानेपानी उपभोक्ता समिती हटियाका अध्यक्ष गुणनिधी तिवारीले मन्त्रीलाई डोको प्रदान गरेका हुन् ।
लामो समयदेखी खानेपानीको समस्याबाट पिडीत स्थानियले पानी बोक्न प्रयोग गरिँदै आएको डोकोबाट मुक्ति पाएको खुसियालीमा प्रमुख अतिथी मन्त्री सिंहलाई सांकेतिक रुपमा डोको प्रदान गरेका हुन् ।
ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिती, विभिन्न सरकारी निकाय, गैरसरकारी संघसंस्थाको प्राविधीक र वित्तीय सहयोगमा उक्त खानेपानी आयोजना सम्पन्न भएको हो । स्थानिय समुदायको विशेष सहभागीतामा तिन बर्ष पहिले शुरु भएको उक्त हटिया खानेपानी तथा सरसफाई आयोजना चौविस लाख रुपैयाँमा सम्पन्न भएको बताईएको छ ।
उक्त खानेपानी आयोजना सम्पन्न भएपछि हटिया देखि सातदोवाटोसम्मका एक सय तीस घरधुरी लाभान्वित हुनेछन् । कार्यक्रममा मन्त्री सिंह सम्वन्धीत सरकारी निकायका प्रतिनीधिहरु, राजनितीक दलका नेताहरु र स्थानिय बासिन्दाहरु सहभागी थिए ।