कोमल ओलीले छोडिन् रेडियो नेपालको जागिर

समाज

काठमाण्डौं । समाचार वाचिका तथा गायिका कोमल ओलीले रेडियो नेपालको सरकारी जागिर छाडेकी छिन् ।

गत मंसिर ६ गते राप्रपामा प्रवेश गरेपछि ओलीलाई रेडियो नेपालले स्पष्टिकरण सोधेको थियो । कोमल ओलीले राजनीतिमा सक्रियता देखाएपछि जागिर वा राजनीतिमध्य एक रोज्न लगाइएको थियो । जागिरको बदलामा उनले राजनीति रोजेर राजीनामा पत्र बुझाएकी थिइन् ।
रेडियो नेपालमा अधिकृतस्तर भन्दामाथिको कर्मचारीले राजनीतिक दलमा भाग लिन नपाउने नियम रहेको छ । वली राप्रपाको केन्द्रीय सदस्य हुन् ।

Post Comment