६ बर्षमा २७ हजार यौनकर्मी बढे,राजधानिमा मात्रै ११ हजार यौनकर्मी

६ बर्षमा २७ हजार यौनकर्मी बढे,राजधानिमा मात्रै ११ हजार यौनकर्मी
समाज

काठमाडौं । छ वर्षको अवधिमा नेपालमा महिला यौनकर्मीहरुको संख्या दोब्बर भएको एक अध्ययनले देखाएको छ । नेपालमा सन् २०१० मा महिला यौनकर्मीहरुको संख्या करिब २८ हजारको हाराहारीमा थियो । सन् २०१६ सम्ममा उक्त संख्या बढेर झण्डै ५३ हजार पुगेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाई तथा सेभ द चिल्ड्रेन र ग्लोबल फण्डसँग सम्बन्धित राष्ट्रिय सञ्जालहरु र अन्य साझेदार निकायको सहयोगमा इन्ट्ररपीड नेपालले चार महिना लगाएर अध्ययन गरेको थियो ।

देशभरका ४४ जिल्लालाई केन्द्रित गरी सम्पन्न गरिएको उक्त अध्ययनले काठमाडौं उपत्यकामा महिला यौनकर्मीहरुको संख्या ११ हजार ६ सय ७० रहेको अनुमान गरेको छ ।

०७३ साल भदौदेखि मंसिरसम्म गरिएको अध्ययनले नेपालमा एक लाख ११ हजार ८५२ पुरुषमध्ये करिब २४ हजारको हाराहारीमा तेस्रोलिंगी, २० हजार ६२५ पुरुष यौनकर्मी तथा ६८ हजार ६४ समलिंगी पुरुष रहेको अनुमान छ ।

त्यसैगरी, अध्ययनबाट आएको नतिजाले नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेको संख्या करिब ३४ हजार रहेको अनुमान छ । जसमध्य पुरुषको संख्या ३० हजारको हाराहारीमा तथा महिलाहरुको संख्या ३ हजारको हाराहारीमा रहेको अनुमान छ ।

यस्तै, काठमाडौं उपत्यकामा सुईको माध्यमबाट लागूपदार्थ लिनेको संख्या ३ हजार दुई सय ५९, भक्तपुरमा एक हजार ४ सय ८१ र ललितपुरमा ८३२ रहेको अनुमान गरिएको छ ।

छ वर्षको अवधीमा महिला यौनकर्मीको संख्या दोब्बरले वृद्धि हुनु आश्चर्यजनक भएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. तरुण पौडेलले बताए ।

Post Comment