‘राजा आउ, देश बचाउ’भन्दै जनताले लगाए नारा

‘राजा आउ, देश बचाउ’भन्दै जनताले लगाए नारा
समाज

चितवन । चितवनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गरिएको छ । पत्नी कोमल शाहको जन्मदिन मनाउन शुक्रबार चितवन पुगेका पूर्वराजा शाहको समर्थकहरुले भव्य स्वागत गरेका हुन् ।

अपरान्ह भरतपुर बिमानस्थलमा पुगेका पूर्वराजालाई राजाबादीहरुले ‘राजा आउ, देश बचाउ’ लगायतका नारा लगाएर फूलमालाले स्वागत गरेका थिए । दुई दिनको भ्रमणमा चितवनको मेघौली पुगेका राजालाई राजनीतिक दलका स्थानीय नेताहरुले पनि भेटेका छन् ।

पूर्वराजा शनिबारसम्म चितवनमै रहनेछन् भने आइतवार पुनः बारा फर्कनेछन् । बा ४ च ३८०७ नम्बरको पजेरो गाडी आफैंले चलाएर पूर्वराजा ज्ञानेन्द्र भरतपुर विमानस्थलबाट बाहिरिएका थिए ।

आरामका लागि भरतपुर गार्डेन रिसोर्ट जाने क्रममा उनले चौबीस कोठीमा भेला भएका समर्थकहरुलाई गाडीबाट ओर्लेर अविवादन गरेका थिए । त्यहाँ उनले समर्थकको स्वागतका रुपमा फूलमाला ग्रहण गरेका थिए । भ्रमणलाई नितान्त पारिवारिक भनिएको छ

Post Comment