जनकपुर । मधेसी मोर्चा र एमालेका कार्यकताबीच झडप भएको छ । मोर्चाको कार्यकर्ताहरुद्धारा एमालेका नेता रघुविर महासेठको घरमा ढुंगामुढा गरी तोडफोड गरेपछि एमालेका कार्यकर्ताले प्रतिकार गर्दा झडपको रुप लिएको प्रहरीले जनाएको छ ।
जनकपुर स्थित एमाले नेता महासेठको घरमा आन्दोलनरत मोर्चाका कार्यकर्ताहरुले ढुङगामुढा गर्दा घरको झयालको शिशा फुटाएको थियो । महासेठको घरमा तोडफोड लगत्तै व्यापक रुपमा प्रहरी परिचालन गरी तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिइएको थियो ।
तर केही बेरमा मोर्चा र एमाले कार्यकर्ताबीच झडप सुरु भएको प्रहरीले जनाएको छ । स्थितिलाई सहज बनाउन व्यापक प्रहरी परिचालन गरेको छ । झडपमा मोर्चाका दुई कार्यकर्तासमेत घाइते भएको जनाइएको छ । घाइते हुनेमा राजु साह र कुलदिप साह रहेको छ । दुवै सद्भावा पार्टीका कार्यकर्ता भएको मोर्चाले जनाएको छ । यसैबीच मोर्चाले आव्हान गरेको तराई मधेस बन्दको प्रभाव मध्य तराईमा न्यून देखिएको छ ।