काव्य म्युजिक सेन्टरको पहलमा क्यान्सर पिडित महिलालाई उपचार खर्च सहयोग

काव्य म्युजिक सेन्टरको पहलमा क्यान्सर पिडित महिलालाई उपचार खर्च सहयोग
समाज

महेश नेपाल, फागुन १३, चितवन । काव्य म्युजिक सेन्टर सामाजिक हातेमालो संस्थाले बिगत लामो समय देखी स्तन क्यान्सरले पिडित रुकुम, अर्मा–७, तङ गाउँकी ५८ बर्षिय मगि खड्काको उपचारको लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ।

संकलित सहयोग रकम हस्तान्तरण गर्दै संस्थाका प्रतिनिधि नवराज गौतम

पिडितलाई मन वचन र कर्मले सहयोग गर्ने सहयोगी हातहरु:
१)गितकार निरु न्यौपाने
२)पार्वती खड्का, साईप्रस
३)रमेश श्रेष्ठ, साउदी अरब
४)नवराज गौतम, चितवन
५)प्रदिप राज सापकोटा, मकवानपुर
(लगायत काव्य म्युजिक सेन्टर सामाजिक हातेमालो संस्थाका सम्पुर्ण सदश्यहरुको सक्रियतामा रकम संकलन)

यतिबेला जिवन मरणको दोसाँधमा रहेकी उनको स्तन पाकेर लगभग झर्नै लागेको अवस्था छ । बाबू धेरै पहिले नै गुमाएका उनका कलिला ६ जना बालबालिकाको सुन्दर भबिष्यको लागि समेत उनी बाँच्नु आवश्यक छ । तर गरिब हुनु उनलाई यतिबेला अभिसाप बनिरहेको छ । जसरी हुन्छ जीवन बचाउनुछ तर उपचार गर्न पैसा छैन। डाक्टरले उपचार गर्न ५ लाख भन्दा बढी लाग्ने बताएका छन । तर उनी संग एक रुपयाँ समेत छैन ।

उपचारको क्रममा हाल सम्म् ३ लाख भन्दा बढी ऋण लागीसकेको छ । त्यो ऋण तिर्नको लागि उनिसंग भएको पुरै पाखाबारी बेच्दा पनि पुग्दैन । जसले उपचार गर्न सक्छ उसलाई सरकारले समेत राज्यको ढुकुटी रित्याएर लाखौँ उपचार खर्च ब्यहोर्छ । तर गरिब दीन दु:खीको लागि रुँदै मृत्यु कुर्नुको बिकल्प हुँदैन । हो यस्तै नियती भोगीरहेकी छिन उनी । उनको उपचार हुन नसके अभावमा उनका बालबालिका टुहुरा बन्नेछन, तिनको सुन्दर भबिष्य अन्धकार बन्ने छ ।

बिगत केही समय अगाडीदेखी सामाजिक कार्यमा सक्रीय समाजिक संस्था काव्य म्युजिक सेन्टर सामाजिक हातेमालो संस्थाले चितवनको भरतपुर स्थित क्यान्सर अस्पतालमा उपचार गराईरहेकी उनको उपचारको लागि संस्थाको पहलमा बिहिबार पचास हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

पिडित महिलाको ज्यान बचाउन सहयोग गर्नको लागी संस्थाले सम्पुर्ण सहयोगी हातहरुलाई समेत आव्हान गरिरहेको छ । संस्थाका अध्यक्ष रमेश श्रेष्ठ देश बिदेशमा रहनुहुने सबैलाई सहयोगको लागि अपिल गर्छन।

सहयोग गर्न चाहनुहुन्छ भने सम्पर्क:
नबराज गौतम: ९८६५१५९२६० [नेपाल]
रमेश श्रेष्ठ: ००९६६-५५७२७१६५७[साउदी]
Email: dhungegharkanxo@gmail.com

Post Comment