प्रवासी मञ्च टेक्ससद्वारा दोस्रो साधारण सभाका लागि ३६ प्रतिनिधि छनोट

प्रवासी मञ्च टेक्ससद्वारा दोस्रो साधारण सभाका लागि ३६ प्रतिनिधि छनोट
समाज

ड्यालस (टेक्सस)— प्रवासी नेपाली मञ्चको आउँदो महिना बाल्टिमोरमा हुने अधिवेशनका लागि टेक्ससबाट ३६ जनाले सहभागिता जनाउने भएका छन् । आइतबार टेक्ससको ड्यालसमा भएको भेलाले २३ जना प्रतिनिधि छनौट गरेको छ । साधारण सभामा प्रवासी नेपाली मञ्च केन्द्रिय समितिमा रहेका टेक्ससका १३ जना पदेन प्रतिनिधिको रुपमा सहभागी हुन पाउँछन् ।

आइतबारको भेलाले प्रवासी नेपाली मञ्च टेक्सस राज्य कमिटीका सभापति देवीप्रसाद पाण्डे (दीपक) को नेतृत्वमा २३ प्रतिनिधि छनौट गरेको हो । छनौट भएका प्रतिनिधिहरुमा मणी भण्डारी, जीबराम बुढा, निरज तिम्सिना, चन्द्रमणि पाण्डे, युवराज खनाल, लक्ष्मण घिमिरे, उत्तम खड्का, नारायण अधिकारी, नारायण खड्का, सुशील क्षेत्री, दिवस थापा छनौट भएका छन् ।

त्यस्तै अन्य प्रतिनिधिहरुमा गोपाल प्याकुरेल, हेम पाठक, सरिता पाठक, नन्दी भट्टराई, विजयराज भट्टराई, नेत्र पाण्डे, चन्द्रा चुडाल, नर्वदा राणा, रेशम जिसी, सरिता चौलागाई र भुवन अधिकारी चयन भएका छन् ।

अधिवेशनमा टेक्ससबाट केन्द्रिय समितिमा रहेका कमल ओझा, यमुना भट्टराई, अग्नी सञ्जेल, जीवन जोशी, जनक राना, प्रदीप तिम्सिना, गोकर्ण दाहाल पदेन प्रतिनिधि रहेका छन् । त्यस्तै कृष्ण भण्डारी, नन्द रेग्मी, चेतनाथ भट्टराई, राजु शर्मा, भीम कार्की र सिपी रेग्मी पनि पदेन केन्द्रिय प्रतिनिधिका रुपमा सहभागी हुनेछन् ।

‘आज हामीले असाध्यै सौहाद्रपूर्ण रुपमा दोस्रो केन्द्रिय अधिवेशनका लागि प्रतिनिधि छनौट गरेका छौँ,’ टेक्सस राज्य समितिका सभापति देबी पाण्डेले भने । पाँच सदस्य बराबर एक केन्द्रिय प्रतिनिधि छनौट हुने विधानतः व्यवस्था भए अनुसार ती प्रतिनिधिहरु छनौट भएका हुन् । आइतबार टेक्सस लगायत अमेरिकाका १९ राज्यहरुबाट मञ्चको अधिवेशनका लागि प्रतिनिधिहरु छनौट गरिएको छ ।

न्युयोर्क, बाल्टिमोर, भर्जिनिया, न्यूहेप्सार, बोष्टन, न्यूजर्सी, केन्टुकि, ईन्डियाना, साउथ क्यारोलाइना, नर्थ क्यारोलाइना, मिनिसोटा, आईवा, ओक्लोहामा, मिसिसिपी, टेक्सास, कोलोराडो, वासिंगटन र क्यालिफोर्नियामा प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न भएको हो । मञ्चका महासचिव प्रभु थापाले चयन भएका प्रतिनिधिहरूमा वधाइ ज्ञापन गरेका छन् ।

मञ्चको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ । अहिलेसम्म वर्तमान महासचिव प्रभु थापा, टेक्ससबाट भीम कार्की, जनक राणा, प्रितीसागर खत्री, टेक गुरूंग र शंकरराज पन्तले अध्यक्षको चाहना व्यक्त गरेका छन् ।

यसपटक हामी सर्वसम्मत गरेर टेक्ससमै नेतृत्व ल्याउने योजनामा छैँ, टेक्ससबाट प्रतिनिधि चयन भएका सुशील क्षेत्रीले भने । मञ्चको अधिवेशनमा प्रमुख अतिथिका रूपमा पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली अमेरिका आउँदैछन् ।

Post Comment