कृष्ण ढुंगाना चौतारा , १८ फागुन । नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकमा २४ वर्ष ‘विरासत’ तोड्दै महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । प्रेस चौतारी, प्रेस युनियन र प्रगतिशिल पत्रकार संघको संयुक्त गठबन्धनबाट उमेद्वार भएका महेश श्रेष्ठ ले महासंघका वर्तमान अध्यक्ष युवराज पुरीलाई हराउँदै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
कूल १२२ मत खसेकोमा श्रेष्ठले ६० मत प्राप्त गर्नु भएको थियो भने उहाँका प्रतिद्धन्दी पुरीले ५९ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै उपाध्यक्षमा सोहीगठबन्धनका तर्फबाट ज्ञानेन्द्र तिमल्सिनाले ७१ मत ल्याउँदै निर्वाचित हुनुभएको छ । उहााका प्रतिद्धन्दी टिका दाहालले ४८ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै महिला उपाध्यक्षमा दुर्गा आचार्यले ६५ मत प्राप्तगर्नुभएको छ भने प्रतिद्धन्दी गोमा खत्रीले ५३ मत प्प्त गर्नुभएको छ । सचिबमा गठबन्दनका तर्फबाट दिनेश थापाले ६५ मत प्राप्त गरी निर्बाचित हुनु भएको छ ।
मंगलबार चौतारामा भएको महासंघको जिल्ला सम्मेलनबाट १३ सदस्यीय जिल्ला कार्यसमिति, १७ जना प्रदेश पार्षद् तथा १६ जना केन्द्रिीय पार्षद्को चयन भएको छ । जसमध्ये केन्द्रिय पार्षद्का लागि ३ महिला सदस्य निर्बिरोध निर्बाचित भएका थिए ।