काठमाण्डौमा दिउँसै गोलि हानाहान,एक घाईते

काठमाण्डौमा दिउँसै गोलि हानाहान,एक घाईते
समाज

काठमाण्डौ । राजधानीको स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच शनिबार गोली हानाहान भएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखा टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले स्वयम्भू भगवानपाउमा अपहरणकारीले प्रहरीमाथि फायर खोलेपछि चलाएपछि जवाफी कारबाहीका क्रममा प्रहरीले पनि गोली चलाएको बताए ।
अमात्यका अनुसार केही दिनअघि बौद्धबाट अपहरित नुवाकोटका मनदोर्जे तामाङ, विशाल तामाङ र आङदोङ तामाङलाई अपहरणमुक्त गराउने क्रममा घटना भएको हो । अपहरणकारीले ६ लाख रुपैयाँ फिरौती मागेका थिए ।
फिरौती बुझाउन गएका अपहरितका आफन्तको पिछ लागेर प्रहरीले उक्त स्थानालाई घेराबन्दी गरेको थियो । प्रहरीको घेरामा परेको सुइँको पाएपछि अपहरणकारीले बन्दुक चलाएका थिए ।
प्रहरीले अपहरणकारीमध्ये दुर्गा तामाङलाई पक्राउ गरेको छ । उनको तीघ्रामा प्रहरीको गोली लागेको छ । उनको साथबाट एक राउण्ड सिक्सर पेस्तोल र सोको गोली तीन राउण्ड बरामद भएको छ ।

Post Comment