राजविराज,। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले एमाले नेताको घर तोडफोड गर्न सुरु गरेका छन् । उनीहरुले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा पनि ढुंगामुढा गरेका छन् ।
आन्दोलनको दोस्रो दिन बुधबार मधेसवादी दलका जिल्ला अध्यक्षको नेतृत्वमा मोर्चाका कार्यकर्ताले एमाले केन्द्रीय सदस्य सुनमनराज प्याकुरेलको राजविराज ४ स्थित घरमा तोडफोड गरेका हुन् । उनीहरुले हानेको ढुंगाबाट झ्यालका शिशा फुटेका छन् ।
त्यसैगरी एमाले नेता रामानन्द देवको राजविराज ९ स्थित लिटिल फ्लावर स्कुल र घरमा पनि तोडफोड गरेका छन् ।
प्रदर्शनकारीहरु एमाले सांसद रञ्जु ठाकुरको घरमा पनि पुगेका थिए । तर, कोही नभएको भन्दै फर्किएका छन् । एमाले जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्दै पार्टीको बोर्ड र झण्डा जलाइदिएको प्रहरीले जनाएको छ ।