बीरगंज वजार बन्द गराउदै हिंडेका सत्तारुढ मधेसी मोर्चाका कार्यकर्तालाई बीरगजमा ब्यवसायीहरुले लखेटेका छन् । आफैं सत्तारुढ दल भए पनि सप्तरी घटनामा प्रहरीको गोली लागि मृत्यु भएका बम बोकेर हिंडेका आफ्ना कार्यकर्ता मारिएको भन्दै मोर्चाले प्रमुख प्रतिपक्षी दल बिरुद्ध हिंसा मच्चाइरहेको छ ।
मोर्चाका कार्यकर्ता बीरगंज बजार बन्द गराउँदै हिंडेको अवस्थामा ब्यबसायीहरुले उनीहरुलाई लखेटेका हुन् । सो क्रममा घण्टाघर चोकमा केहीबेर झडप समेत भयो । मोर्चाका कार्यकर्ताहरुले मिनाबजार कम्प्लेक्समा रहेका खुद्रा तथा थोक तरकारी पसलेहरुलाई पसल बन्द गर्न चेतावनी दिएपछि ब्यबसायीहरु बन्दकर्ताको प्रतिकार गर्दै आक्रमणमा उत्रिएका थिए ।
ब्यबसायीको प्रतिकारमा राष्ट्रिय मधेस समाजबादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल घाईते भएका छन् । सयौंको संख्यामा रहेका आक्रोशित ब्यबसायीले सत्तारुढ मोर्चाका कार्यकर्तालाई प्रतिकार गरेपछि घण्टाघर क्षेत्र तनाबपूर्ण भएको प्रहरीले जनाएको छ । घण्टाघर क्षेत्रमा थप झडप हुन नदिन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गोबिन्द साह र सशस्त्र प्रहरी उपरीक्षक रबिन्द्र ठाकुर आफै घटनास्थलमा खटिएका छन् ।