सप्तरीमा मृतकको शवलाई माला लगाउँदै हांसे उपेन्द्र

सप्तरीमा मृतकको शवलाई माला लगाउँदै हांसे उपेन्द्र
समाज

सप्तरीको राजविराजमा गत सोमबार प्रहरीको गोली लागी मृत्यु भएकाको शनिबार शवयात्रा सम्पन्न भयो ।

शव यात्रामा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, सदभावना अध्यक्ष राजेन्द्रं महतो, नेपाल सदभावना पार्टीका अध्यक्ष अनीलकुमार झा लगायत नेताले शवमा माल्र्यापण गरेर श्रद्धाञ्जली व्यक्त गरे ।
कार्यक्रममा सबै भावुक थिए । मृतकका परिवारका सदस्यहरु रोइकराई गरिरहेका थिए । तर, फोरम अध्यक्ष यादव बेलाबेला मुसुमुसु हाँसिरहेका थिए ।
समय र परिस्थितिअनुसार उनी गम्भीर हुनुपथ्र्यो । तर, यादव हाँसेपछि कार्यक्रमका सहभागीका साथै मृतकका आफन्तले चित्त दुःखाए ।

Post Comment