‘क्रिसमस डे’ मा अव बिदा नहुने

‘क्रिसमस डे’ मा अव बिदा नहुने
समाज

सरकारले ‘क्रिसमस डे’लाई सार्वजनिक विदाको सूचीबाट हटाएको छ । मंगलबार राजपत्रमा प्रकाशित विदा सम्बन्धी मन्त्रिपरिषदको निर्णयमा ‘क्रिसमस डे’ उल्लेख छैन् ।

२०६२–०६३ को जनआन्दोलनपछि जनमतविपरित ९० प्रतिशत हिन्दू धर्मावलम्बी रहेको नेपाललाई रातारात धर्मनिरपेक्ष घोषणा गर्दा क्रिश्चियन धर्मावलम्वीको पर्व ‘क्रिसमस डे’मा सार्वजनिक विदा प्रचलन सुरु भएको थियो । र, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा मनाइने राष्ट्रिय एकता दिवसलाई विदाको सूचीबाट हटाइएको थियो ।

पृथ्वी जयन्ती हटाइएको १० वर्षपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले पुनः विदाको सूचीमा समावेश गरेको हो । अब आउँदो वर्ष (पुस २७ गते)देखि पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिइने छ ।

आउँदो वर्ष (२०७४ साल) पूर्व निर्धारित सार्वजनिक विदा ५२ दिन रहेको छ ।

Post Comment