छत्र लकाई खड्का, मलेसिया । नेपाली हामी कति मेहनत र लगनशील छौँ भन्ने एउटा गतिलो उदाहरणका लागि सर्लाही जिल्ला का दिपक नेपालीलाई मलेसियामा हेर्न सकिन्छ । हुनत उहाँले आफ्नो डिउटीको समय सकिए पछि आफ्नो फुर्सदिलो समयलाई फेसबुक चलाउन अलिकति आधा घन्टालाई कटौती गरेर मलेसियामा आफु बस्ने होस्टलको बाहिरी पट्टी आफ्नै बोसको करेसा बारिमा उहाले केही महिना अगि सब्जीहरु साग , बोडि र लौका लगाउनु भयो ।
साग र बोडीलाइ बँदेल ले राति आएर उखेलेर जरा निकाल्ने पनि नगरेको होइन तर उहाँले त्यसलाई पुन लगाएर छाड्नु भयो । अनि त यो लौका लाई पनि उहाले निकै मेहनत का साथमा फलाउनुभयो ।यो तस्बिरहरू हेर्नुस् मित्रहरूले यो सागको तस्बिरमा अनि लौका को तस्बिरमा यो लौका को लम्बाइ लगभग १.५ मिटर रहेको छ ।
दिपक नेपाली मलेसियामा आएको 2014 को अप्रिलमा हो उहाँ ले हामी लाई भन्नुहन्छ मेहनत गरे के हुदैन र अब यस्तै उदाहरणका लागि म नेपाल गएर आफ्नै गाउँमा यस्तै सब्जि खेति लाई केही मेहनत गरेर दुईचार पैसा घरपरिवार सँगै बसेर कमाउने छु। छत्र लकाइ खड्का सँग टेलिफोन मार्फत कुराकानीमा उहाले यस्तो बताउनुभयो ।