आजदेखि युरो फोर मापदण्डको डिजेल र पेट्रोल आयात हुने भएको छ । युरो फोर मापदण्डको इन्धन लोड भएका ट्याङकर आएपछि केही दिनभित्रै वितरण सुरु गर्ने तयारी छ ।
करिब एक महिनादेखि थोरै परिमाणमा यो गुणस्तरको इन्धन आयात भइरहे पनि शनिबारदेखि भारतबाट युरो फोर मापदण्डको मात्र इन्धन लोड हुने आयल निगमले जनाएको हो ।
यसअघि नेपालमा भारतबाट ल्याएर युरो थ्री मापदण्डको डिजेल पेट्रोल बिक्री हुने गरेको थियो । यसले तेलकै कारण सवारीको इञ्जिनमा पर्ने असर पनि हटाउने र इञ्जिनको आयु पनि बढाउने निगमले जनाएको छ ।
भारतले आफ्ना रिफाइनरीबाट पूर्ण क्षमतामा युरो फोर मापदण्डको तेल प्रशोधन गर्न सुरू गरेकाले नेपालमा पनि त्यही गुणस्तरको इन्धन आउने भएको हो ।
भारतले सन् २०२० बाट युरो ६ मापदण्डको तेल प्रशोधन गर्ने तयारी गरिरहेको छ ।