संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच लहानमा झडप भएको छ । झडपका क्रममा प्रहरीले मोर्चा आबद्ध संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष बादल यादव, नेता नवीन यादवसहित १८ जनालाई नियन्त्रणमा लिएको छ ।
लहानमा आयोजित नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम विथोल्न खोज्ने मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय लहान राखिएको छ । माओवादी केन्द्रबाट संविधानसभामा सिरहा क्षेत्र नम्बर १ का उम्मेदवार मुन्नी साहसहित नेता, कार्यकर्ता एमालेमा प्रवेश गर्ने कार्यक्रम छ ।
यसअघि पनि मोर्चाका कार्यकर्ताले एमालेले सञ्चालन गरेको मेची महाकाली अभियानका क्रममा तराई विभिन्न जिल्लामा अवरोध गरेका थिए ।