अबैध पैसा सहित पक्राउ परे नेपाल एयरका पाईलट

अबैध पैसा सहित पक्राउ परे नेपाल एयरका पाईलट
समाज

नेपाल एयरलाइन्सको वरिष्ठ पाइलट सुर्वण अवाले अवैध विदेशी मुद्रासहित गिरफ्तार भएका छन् ।

पाइलट अवालेसँग प्रहरीले ९३ हजार ६ सय अमेरिकी डलरसहित पक्राउ परेको हो । आइतबार राति काठमाडौंबाट युएइ जान लागेको आर २२९ नम्बरको जहाजका पाइलट अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित पक्राउ परेको विमानस्थल प्रहरीका निमित्त प्रमुख एसएसपी प्रेम चन्दले जानकारी दिए ।

अवाले बोकेको लगेज चेक गर्ने क्रममा अवैध विदेशी मुद्रा फेला परेको थियो । उनी पक्राउ परेपछि अवालेको सट्टामा नेपाल एयरलाइन्सले क्याप्टेन महेशमान डंगोललाई युएइ पठाएको छ ।

अवाले एयरवसका प्रशिक्षक पाइलट हुन् । उनी पक्राउ परेसँगै अब २ वटा एयरबस उडाउनका लागि ६ जना मात्र क्याप्टेन छन् ।

Post Comment