भारतिय सेनालाई बदला लिदै नेपालीले लखेट्दै कुटे

भारतिय सेनालाई बदला लिदै नेपालीले लखेट्दै कुटे
समाज

पुनर्वासको आनन्द बजारमा गोविन्द गौतमको हत्या गर्ने भारतीय सुरक्षाकर्मीसँग कञ्चनपुरवासीले दोधारा चाँदनीको सुन्दरनगरमा बदला लिएका छन् ।

कञ्चनपुरको महाकाली नगरपालिकास्थित सुन्दरनगरमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का जवानहरु नेपाल पसेर भारतीयलाई पक्राउ गर्न थालेपछि स्थानीयवासीले उनीहरुलाई नियन्त्रणमा लिएर हातपात गरेका हुन् ।

महाकाली नगरपालिका वडा नं. ८, सुन्दरनगर नजिक जगबुडा झोलुङ्गे पुलको पूर्व–दक्षिण दिशा जोगबुडा नदीमा एसएसबीका जवान भारतीयलाई लखेट्दै नेपाल भित्रिएका थिए । सादा पोशाकमा आएका दुई–दुई एसएसबी जवानलाई स्थानिय महिला, पुरुषले कुट्न थालेपछि सुन्दरनगरमा ठूलै हंगामा मच्चियो ।

५३ बाहिनी भारतिय सिमा सुरक्षा बल बोडर आउट पोष्ट, मेलाघाट (उत्तरखण्ड) मा कार्यरत एसएसबी हवल्दार भवानी र जवान आलोकलाई मंगलबार अपरान्ह करिब ४ बजे नेपाली भुमीबाट स्थानियले नियन्त्रणमा लिएको स्थानीय लाल बहादुर खड्काले बताए ।

भारतीय नागरिक बलबिर नामका व्यक्तिले मोटरसाईकलमा फ्रिज नेपाल ल्याउँदै गर्दा सिमावर्ती बजारबाट पिछा गर्दै आएका एसएसबी हवल्दार भवानी र जवान आलोकले नेपाली भुमीमा पक्राउ गर्न खेद्न थालेपछि स्थानियहरुले सादा पोशाकमा रहेका दुई जना एसएसबीलाई नियन्त्रणमा लिएर कुटेका हुन् ।

‘फिल्मी स्टाईलले नेपाली भूमिमा लखेट्न थालेपछि एसएसबी जवानलाई नियन्त्रणमा लिएका हुन्’ एक स्थानिय भने, ‘अर्काको देशमा आएर पक्राउ गर्न मिल्छ र ?’ नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई स्थानियले खबर गरेपछि समयमै नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टोली सुन्दरनगर पुगेको थियो । सिमा स्तम्भबाट करिब ६ मिटर नेपाली भु–भागमा आएर एसएसबीले पक्राउ गर्न थालेको स्थानिय लाल बहादुर खड्काले बताए । स्थानियहरुले एसएसबीलाई करिब २ घण्टा नियन्त्रणमा लिएर छाडेको बताईएको छ ।

Post Comment