मुस्ताङको मुक्तिनाथमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ३० जना घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले दिएको जानकारी अनुसार मुक्तिनाथ मन्दिरबाट जोमसोमतर्फ आउँदै गरेको ना प छ ६०६७ नं को बस दिउँसो साढे १२ बजे कागबेनीस्थित सडकमा पल्टिएर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
बस बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित मन्दिर जान लागेको थियो । बसमा तीर्थयात्री सवार थिए ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।