महिला हिंसा अन्त्यको माग गर्दै युवाले प्रदर्शन गरे

महिला हिंसा अन्त्यको माग गर्दै युवाले प्रदर्शन गरे
समाज

सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै यहाँ युवाले प्रदर्शन गरेका छन् ।

युथ एडभोकेसी नेपाल (यान), नेपाल महिला एकता समाज, राष्ट्रिय महिला अधिकार मञ्चलगायत सङ्घ÷संस्थाले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनमा करिब तीन सय युवाको सहभागिता थियो । आज बिहान माइतीघर मण्डलबाट सुरू भएको प्रदर्शनी त्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको हो ।

प्रदर्शनीमा सहभागी युवाले ‘बजार क्षेत्र तथा भिडभाड हुने क्षेत्रमा सिसी क्यामेराको व्यवस्था गरी त्यसको सही अनुगमन गर्नुपर्ने, सार्वजनिक स्थानमा यथेष्ट मात्रामा सम्पूर्ण सुविधासहितको महिलामैत्री शौचालयको व्यवस्था हुनुपर्ने र सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथि हुने हिंसाको उजुरीका लागि उजुरी डेक्ससहित दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

प्रदर्शनीलाई सम्बोधन गर्दै यानका अध्यक्ष नरेन खतिवडाले सडक, अस्पताल, पाटीपौवा, उद्यान, कार्यालयलगायत सबै सार्वजनिकस्थल लैङ्गिकमैत्री नभएका कारण महिला तथा किशोरी असुरक्षित हुनुपरेको बताउनुभयो । महिला हिंसा अन्त्यका लागि भएका ऐन÷कानुनको प्रभावकारी कार्यान्वयन गर्दै कडा कानुन निर्माण गर्नुपर्ने अध्यक्ष खतिवडाको भनाइ छ । अभियानकर्मी सञ्जय खड्काले कानुनको कार्यान्वयनसँगै जनचेतनामार्फत महिला हिंसा रोक्नुपर्ने धारणा राख्नुभयो ।

Post Comment