दैलेखको आठबिस नगरपालिका-४ को नैनाल सडक खण्डबाट कर्णाली नदीमा खस्दा बस १० जनाको मृत्यु भएको छ । १८ यात्रु घाइते भएका छन् ।
कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नं बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर योगेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार दुर्घटनास्थलमा उद्धार जारी छ