ललितपुरमा युवतीहरुको ग्याङ फाइट , छुरा हानाहान

ललितपुरमा युवतीहरुको ग्याङ फाइट , छुरा हानाहान
समाज

राजधानीमै युवतीहरुको समूहबीच ग्याङ फाइट भएको छ ।

ललितपुर महानगरपालिका–१५ सातदोवाटो चोकमा कोपिला गिरी र सलिना गिरीको समूहबीच ग्याङ फाइट भएको हो । काभ्रे, बनेपा बस्ने गिरीलाई बानेश्वर बस्ने सलिना राई लगायतका ६ जना युवतीहरुले मंगलबार सातदोबाटो चोकमा छुरा हानेका हुन् । छुरा हान्नुअघि केहीबेर झगडा भएको थियो ।

छुरा प्रहारबाट घाइते १७ वर्षीया गिरीको सुमेरु अस्पताल धापाखेलमा उपचार भइरहेको छ । उनी बोल्न नसक्ने अबस्थामा रहेको सातदोबाटोका डिएसपी रामेश्वर यादवले जानकारी दिए । फेसबुकमा भएको गालीगलौजको विषयलाई लिएर राईको समूहले छुरा हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Post Comment